काठमाडौं, १६ भदौ । काठमाडाैं उपत्यकामा पछिल्लाे २४ घन्टामा ४८१ जना नयाँ काेराेना संक्रमित भेटिएका छन् । त्यसमध्ये काठमाडाै जिल्लामा सबैभन्दा बढी काेराेना संक्रमित थपिएका छन् । साथै देशभर मंगलबार सबैभन्दा बढी १०६९ जना काेराेनाका संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मन्त्रालयका उपत्यकामा भेटिएका ४८१ नयाँ संक्रमित मध्ये काठमाडौं जिल्लामा ३९३, ललितपुरमा […]
Author: Nonstop Khabar
कोरोना संक्रमणबाट पूर्वन्यायाधीशको मृत्यु
काठमाडौं, १६ भदौ । कोरोना संक्रमणबाट पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको मृत्यु भएको छ । लामो समयदेखि मुटु सम्बन्धी समस्याबाट पीडित चालिसेको काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा मृत्यु भएको हो । ७० वर्षीय चालिसे पाँच दिनअघि अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । काठमाडौँ महानगरपालिका वडा नम्बर ३ निवासी चालिसे […]
अनलाइनबाट होम डेलिभरी सेवा फेरि भयो सुचारु
काठमाडौँ । अनलाइनका माध्यमबाट हुने होम डेलिभरी सेवा पुनः सुचारु भएको छ। ई–कमर्स तथा अनलाइन डेलिभरी सेवा सञ्चालकहरुको साझा फोरमले मंगलबार विज्ञप्ति जारी गर्दै अनलाइन सेवा सुचारु भएको जानकारी दिएको हो। फोरमका अनुसार भदौ १६ गतेदेखि बिहान ९ः१५ बजेभित्र सेवा सञ्चालन गर्दा कुनै पनि अवरोध नहुने तथा यसका लागि पूर्वस्वीकृति पनि लिनुपर्नेछ। अनलाइनका माध्यमबाट होम […]
कोरोनाबाट चितवनमा हेटौँडाका संक्रमितको मृत्यु
चितवन । चितवन मेडिकल कलेजमा उपचारत एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नं १५ का ५८ वर्षीय पुरुष रहेका कलेजले जनाएको छ। कलेजद्वारा सञ्चालित अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार ज्वरो र खोकी आएका कारण यही भदौ १४ गते अस्पतालमा भर्ना भएका उनको १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको […]
राजधानीमा जारी कर्फ्यू थप्ने कि अन्त्य गर्नेबारे बुधवार मात्र निर्णय हुने
काठमाडौँ । दुई सातायता जारी कर्फ्यूबारे बुधवारमात्र निर्णय गरिने भएकाे छ । सुरुमा एक हप्ता भनेर जारी गरिएकाे कर्फ्यू गतहप्ता बढाएर भदाै १७ सम्म पुर्याइएकाे थियाे । बुधवार तीनवटै जिल्लाका जिल्ला प्रशासन प्रमुख, सुरक्षा निकायका प्रमुखसहितको संयुक्त बैठक बस्ने र कर्फ्यूबारे निर्णय गर्ने बताइएको छ। मंगलबार तीनवटै जिल्लाका सीडीओको भर्चुअल मिटिङ भएको र साे बैठकले […]
त्रिशूली नदी किनारमा एम्बुलेन्स खस्दा एकको मृत्यु, ४ घाइते
चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–३ पानीधारामा मंगलबार बिहान एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। मृत्यु हुनेमा सर्लाहीको वरहथवा–२ का १५ वर्षीय बादे रानामगर रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार घाइते रानामगरको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो। […]
वास्तविक समाजवादका लागि नयाँ अभियान सञ्चालन गरिदै
काठमाडाैं । नेपालमा वास्तविक समाजवादका लागि संघर्ष गर्ने भन्दै नयाँ अभियान सुरु हुन थालेकाे छ । विभिन्न राजनीतिक अान्दाेलनमा जाेडिएर हाल स्वतन्त्र रुपमा रहेकाे टिमले याे अभियान थालेकाे हाे । साेसलिस्ट एलाइन्स मुभमेन्ट नाम दिइएकाे उक्त अभियानका एक पहलकर्ता महादीप पाेखरेलले नेपालमा अधिकांश नेता तथा पार्टीहरु नक्कली समाजवादकाे अभ्यास र वकालतमा लागेकाले याे अभियान थाल्नुपरेकाे […]
भारतका पूर्व राष्ट्रपतिको निधन
काठमाडाैं । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको छ। मुखर्जीका छोरा अभिजितले आफ्ना पिताको निधन भएको जानकारी दिएका हुन्। ‘गह्रौ मुटुका साथ यहाँहरुलाई जानकारी गराउनुपरेको छ कि हामी र आरआर हस्पिटलका डाक्टरहरुको सबै प्रयास र भारतभरका जनताको आर्शिवाद र प्रार्थनाका बाबजुद पनि मेरा पिता श्री प्रणव मुखर्जीको भर्खरै निधन भएको छ। […]
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण
काठमाडौं, १५ भदौ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । सोमबार मेयर शाक्यलाइ कोरोना संक्रमण भएकाे पुष्टि भएको हो । मेयर शाक्यकाे दुई दिनअघि स्वाब संकलन गरी परिक्षणका लागि लगिएकाे थियाे । मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए । त्यसकाे रिपाेर्ट आज आएकाे हाे […]
कोरोनासँगै दार्चुलामा देखापर्यो स्क्रब टाइफस
दार्चुला । दार्चुलामा स्क्रब टाइफसका बिरामी भेटिएका छन्। जिल्ला अस्पतालका अनुसार दुई महिला र तीन पुरुषमा सङ्क्रमण देखिएको हो। महाकाली नगरपालिकाका एक पुरुष, मालिकार्जुन गाउँपालिकाका दुई महिला र एक पुरुष तथा व्याँस गाउँपालिकाका एक पुरुषमा सङ्क्रमण देखिएको अस्पतालका चिकित्सक गजेन्द्र दुवालले जानकारी दिए। उनीहरुमध्ये एक जनालाई थप उपचारका लागि धनगढी पठाइएको छ। एकजनालाई जिल्ला अस्पतालमा […]











