दार्चुला । कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। मालिकार्जुन गाउँपालिका वडा नं ८ का ३७ वर्षीय लालबहादुर चन्दलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा मालिकार्जुन–८ तस्कोटकै २० वर्षीय शम्शेर धानुक र सोही ठाउँ बस्ने ३५ वर्षीय अजब चन्द रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी […]
Author: Nonstop Khabar
कालिकोटको नग्मा बजारमा पहिरो जाँदा एकै परिवारका ४ सहित १० को मृत्यु
काठमाडौं, १५ भदौ । कालिकोटमा पहिराे जाँदा १० जनाकाे मृत्यु भएकाे छ । कालिकाेटकाे तिलागुफा नगरपालिका वार्ड नं. १ नाग्ममा पहिरोमा पुरिएर एकै परिवारका चार सदस्यसहित १० जनाको मृत्यु भएको हाे । आइतबार दिउँसो गएकाे उक्त पहिराेमा परी २ जना घाइते भएका छन् । घाइते दुबै जनाकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेकाे छ […]
भारतमा एकैदिन भेटिए साढे ७८ हजार बढी संक्रमित, अमेरिकालाइ पनि उछिन्यो भारतले
एजेन्सी । पछिल्लाे समय भारत विश्वकै काेराेना हटस्पट बनेकाे छ । पछिल्लाे समय भारतमा एकै दिन साढे ७८ हजारभन्दा बढी काेराेना संक्रमित भेटिएपछि भारत खराव अवस्थामा पुगेकाे हाे । एकै दिन नयाँ संक्रमित भेटिएकाे याे विश्वकै ठूलाे संख्या हाे । यति ठूलाे संख्यामा अहिलेसम्म कुनै देशमा पनि एकै दिनमा नयाँ संक्रमित भेटिएका थिएनन । आइतबार […]
चिकित्सकमा कोरोना देखिएपछि राप्ती प्रादेशिक अस्पताल सिल
दाङ । चिकित्सकसहित स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर सिल गरिएको छ। दुई चिकित्सकसहित ६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पोजेटिभ आएपछि तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल सिल गरिएको हो। अस्पताल विकास समितिको आपतकालिन बैठकले यस्तो निर्णय गरेको अध्यक्ष पदमप्रसाद न्यौपानेले जानकारी दिए। ‘शनिबार बेलुका ६ वजेदेखि अर्को सूचना जारी नगरेसम्म सिल गर्ने निर्णय भएको […]
आइसोलेशनमा राखिएका रक्षामन्त्री, गृहमन्त्री र स्वास्थ्यमन्त्रीको पीसीआर नेगेटिभ
काठमाडौँ । उपप्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र प्रधानसेनापतिसहितका पदाधिकारीको कोभिड–१९ को पछिल्लो पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको छ। कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी) को गत आइतबार बसेको बैठकमा सहभागी पदाधिकारीलाई चिया र पानी उपलब्ध गराउने व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि उनीहरुको पीसीआर परीक्षण गरिएको थियो । उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त […]
सन्दिपले लगातार विकेट लिएपछि जमैकाको तेस्रो जित
काठमाडौँ । क्यारेबियन प्रिमियर लिग-सीपिएल क्रिकेटमा सन्दीप लामिछाने आबद्ध जमैका तल्लावाजले तेस्रो जित हात पारेको छ। आफ्नो छैटौँ खेलमा जमैकाले आइतबार बिहान सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सलाई ३७ रनले हरायो। सन्दीपले दुई विकेट लिए। कार्लोस ब्राथवैटले तीन तथा फिडेल एडवार्डस र भिरसामी पर्मौलले पनि दुई दुई विकेट हात पारे। टस जितेर पहिला ब्याटिङ गरेको तल्लावाजले […]
बाग्लुङमा न्वारनमा भोज दिने आयोजक नै कोरोना संक्रमित भेटिए
गलकोट । कोरोना महामारीको समयमा अधिकांश सामाजिक कार्य बन्द छन्। बागलुङ नगरपालिकाले भदौ ३ गतेदेखि समुदायमा कोरोना सङ्क्रमण देखिएपछि निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै क्रियाकलापलाई बन्देज गरिएको छ तर बागलुङ–१० भकुण्डको गलुवामा कोरोना महामारीको अवस्थामा न्यूनतम स्वास्थ्य मापदण्ड नअपनाउँदा समुदायमै कोरोनाले भयावह रूप लिन सक्ने आशङ्का गरिएको छ । कोरोना जोखिमको समयमा छोरी […]
एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु
स्याङ्जा । स्याङ्जाको वालिङमा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। वालिङ नगरपालिका–५ मजकोटमा बा २ झ ४०११ नम्बरको एम्बुलेन्स आइतबार बिहान करिब ५ बजे दुर्घटना हुँदा घाइते भएका चारमध्ये दुई जनाको मृत्यु भएको हो। गह्रौ प्राथमिक अस्पताल वालिङमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी प्रमुख हरि सुवेदीले जानकारी […]
छिमेकीलाई जरिङ्गो नामको विषालु साग दिने व्यक्तिले आत्महत्या
बाग्लुङ । बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ रिजाल चोकको एक परिवारलाई जरिङ्गो नामको विषालु साग दिने व्यक्तिले आत्महत्या गरेका छन्। छिमेकीलाई दिएको जरिङ्गोको साग खाएर रिजालचोकका चार जना गम्भीर बिरामी परेका छन्। उनीहरूको अहिले गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। जरिङ्गोको साग दिने रिजालचोक फुर्सेमाटोका ७८ वर्षीय रनबहादुर विकले शनिबार आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको […]
सरकारको आदेश नटेर्ने घोषणा गर्दै यी शैक्षिक संस्थाले सुरु गरे भर्ना अभियान
बुटवल । कोरोना महामारीका कारण विश्वभर शैक्षिक पठन पाठनको काम ठप्प छ । विकासमा ठूलो फड्को मारेका देशहरुमा पनि अहिले विद्यालय, कलेजहरु खुलेका छैनन । महामारीबाट जोगिन विश्व स्वास्थ्य संगठनले नै सामाजिक दुरी कडाइपूर्वक लागु गर्न, भिडभाड नगर्न र मास्कको प्रयोग लगायतका अन्य आवश्यक सुरक्षाका उपायलाई लागु गर्न आह्वान गरेको छ । यस्तो भयावह अवस्थामा […]











