चिकित्सकमा कोरोना देखिएपछि राप्ती प्रादेशिक अस्पताल सिल

दाङ । चिकित्सकसहित स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर सिल गरिएको छ।

दुई चिकित्सकसहित ६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पोजेटिभ आएपछि तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल सिल गरिएको हो। अस्पताल विकास समितिको आपतकालिन बैठकले यस्तो निर्णय गरेको अध्यक्ष पदमप्रसाद न्यौपानेले जानकारी दिए।

‘शनिबार बेलुका ६ वजेदेखि अर्को सूचना जारी नगरेसम्म सिल गर्ने निर्णय भएको छ ’ अध्यक्ष न्यौपानले भने, ‘ अस्पताल र अस्पताल परिसरको ५० मिटर क्षेत्रभित्र सिल गरिएको छ।

Loading...