एकैसाथ चार बच्चालाई जन्म दिएकी महिलाको मृत्यु

जनकपुरधाम । जनकपुरधाममा चार बच्चाको जन्म दिने महिलाको आज दिउँसो मृत्यु भएको छ। धनुषाको विदेह नगरपालिका वडा नम्बर-७ जोगियाराकी २२ वर्षीय अरमाना खातुनले मंगलवार साँझ शल्यक्रिया मार्फत एकैपटक चार शिशुलाई जन्म दिएकी थिइन्। एकैपटकमा चारवटा बच्चा जन्माएपछि उनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो। तर दुर्भाग्य आज उनको मृत्यु भएको छ । अरमानाको फोक्सोमा पानी तथा […]

कोरोनाको उपचारपछि मात्रै क्यान्सरको उपचार

भरतपुर । कोरोनाको जोखिम उच्च बन्दै गएपछि यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कोरोनाको पीसीआर परीक्षणपछि मात्रै क्यान्सरको उपचार थाल्ने भएको छ । देशका विभिन्न जिल्लाबाट क्यान्सरका बिरामी उपचारका लागि आउने भएपछि अस्पतालले सङ्क्रमण फैलन नदिन सबै बिरामीको पीसीआर परीक्षण अनिवार्य गरेको हो । क्यान्सरका बिरामीको उपचारका क्रममा अन्य रोगसँग लड्ने क्षमता कमजोर हुने भएकाले […]

कोरोना संक्रमितले हेलिकप्टरमै जन्माइन् सन्तान

इटालीमा कोरोना भाइरसबाट संक्रमित भएकी एक आप्रवासी महिलाले हेलिकप्टरमै सन्तान जन्माएकी छन्। अत्याधिक चाप रहेको होल्डिङ्ग सेन्टरबाट हेलिकप्टर मार्फत उद्धार गर्ने क्रममा ती आप्रवासी महिलाले उडानकै क्रममा सन्तान जन्माएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । लाम्पेदुसा आइल्याण्डको होल्डिङ्ग सेन्टरबाट ती महिलालाई उद्धार गरिएको थियो । इटालीमा पछिल्ला वर्षमा आप्रवासीको संख्या बढ्दो क्रममा छ […]

कोरोनाले आमा गुमाएको चार दिनमै भक्तपुरका ४० वर्षीय छोराको कोरोनाकै कारण मृत्यु

काठमाडौँ । ललितपुरको पाटन अस्पतालमा मंगलबार राति भक्तपुरका ४० वर्षीया पुरुषको कोरोना भाइरसकाे संक्रमणका कारण मृत्यु भएको छ। उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। चार दिनअघि मात्र ती पुरुषकी आमाको पनि कोरोनाकै कारण मृत्यु भएको छ। ६२ वर्षीया ती महिलाले पाटन अस्पतालमै ज्यान गुमाएकी थिइन्। १५ दिनअघि छोरामा कोरोना संक्रमण देखिएको थियो। लगत्तै उनलाई भेन्टिलेटरमा […]

खतिवडा पुनः मन्त्री बन्न संविधान बाधक

काठमाडौं, १७ भदौ । डा. युवराज खतिवडाको मन्त्री कार्यकाल सकिएपछि संविधानबमोजिम उनलाई पुनः सोही पदमा ल्याउन संविधान बाधक हुने भएको छ । संसद्को दुवै सदनको सदस्य नभएको व्यक्ति नेपालको संविधानको धारा ७८ (१) बमोजिम राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा मन्त्री पदमा नियुक्त गर्न सक्ने प्रावधान छ । तर, त्यसरी मन्त्री भएको व्यक्तिले पदलाई निरन्तरता राख्न ६ महिनाभित्र […]

सुन साँइलीपछि गौरव पहारीको अर्काे मनछुने अभिनय, ‘सयौँ डाँडा काट्दै’

काठमाडौँ । गायक विक्रम बरालको आवाजमा रहेको नयाँ गीत डिजिटल बजारमा सार्वजनिक भएको छ। नेपाल आइडलका एक सफल प्रतिस्पर्धी बरालले ‘सयौँ डाँडा काट्दै’ बोलको गीत युट्युब मार्फत सार्वजनिक गरेका हुन्। पासाङ शेर्पाको शब्द तथा हरि लम्सालको सङ्गीत रहेको गीतको भिडियोमा अभिनेता गौरव पहारी र अभिनेत्री वर्षा राउतले अभिनय गरेका छन्। निकेश खड्काको निर्देशन रहेको भिडियोलाई […]

नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता केसीलाई कोरोना संक्रमण

काठमाडौं । नेपालका पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जितबहादुर केसीलाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ। जितबहादुरलाई मंगलबार कोरोना संक्रमण पुष्टी भएको बताइएको छ। पेट दुख्ने र दिसामा रगत देखिएपछि केसीलाई उपचारका लागि वयाेधा हस्पिटल लगिएको थियो । त्यसक्रममा कोरोना परिक्षण गरिएको थियो। जितबहादुरमा कोरोनाको कुनै लक्षण भने नदेखिएको बताइएको छ। यसअघि स्क्वासका कीर्तिमानी खेलाडी तथा […]

काठमाडौं, ललितपुरसहित १२ जिल्लामा समुदायमस्तरमै कोरोना फैलिएको स्वास्थ्य मन्त्रालयको भनाइ

काठमाडाैं । जनस्वास्थ्य वैज्ञानिक डा. सुरेश तिवारीले १२ वटा जिल्लामा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिसकेको बताएका छन्। स्वास्थ्य मन्त्रालयले आयोजना गर्ने दैनिक पत्रकार सम्मेलनमा मन्त्रालयका जनस्वास्थ्य सल्लाहकार तिवारीले हालसम्म फेला परेका संक्रमितमध्ये ७३ प्रतिशत १२ जिल्लाका रहेको बताए। ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको मोरङ, सुनसरी, धनुषा, महोत्तरी, पर्सा, बारा, रौतहट, सर्लाही, काठमाडौं, ललितपुर, चितवन […]

रौतहटमा एक युवकलाई कञ्चटमा गोली हानी हत्या

रौतहट । रौतहट जिल्लाका एक युवकको भारतीय क्षेत्रमा गोली हानेर हत्या गरिएको छ। ईशनाथ नगरपालिका ७ घिउरा गाउँ निवासी ३५ वर्षीय दीनदयाल साहको गोली हानी हत्या गरिएको हो। सीमावर्ती भारत बिहार घोडाशहन थाना क्षेत्रअन्तर्गत लैन बंसवरिया गाउँ नजीकै पोखरी छेउमा कञ्चटमा गोली हानी हत्या गरिएको अवस्थामा युवक साहको शव फेला परेको जिल्ला प्रहरी प्रवक्ता भरत […]

फेरि निगमले बढायो पेट्रोल मूल्य

काठमाडौं, १६ भदौ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । मंगलबार मध्यरातपछि लागू हुने गरी निगमले लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको हो । यससँगै अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ । तर, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने समायोजन गरिएको छैन । १ सेप्टेम्बर (आज)मा आएको […]