कोरोना संक्रमितले हेलिकप्टरमै जन्माइन् सन्तान

इटालीमा कोरोना भाइरसबाट संक्रमित भएकी एक आप्रवासी महिलाले हेलिकप्टरमै सन्तान जन्माएकी छन्।

अत्याधिक चाप रहेको होल्डिङ्ग सेन्टरबाट हेलिकप्टर मार्फत उद्धार गर्ने क्रममा ती आप्रवासी महिलाले उडानकै क्रममा सन्तान जन्माएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

लाम्पेदुसा आइल्याण्डको होल्डिङ्ग सेन्टरबाट ती महिलालाई उद्धार गरिएको थियो । इटालीमा पछिल्ला वर्षमा आप्रवासीको संख्या बढ्दो क्रममा छ ।

अवैध रुपमा युरोप प्रवेश गरेका आप्रवासीहरुको उद्धार गरेको पानीजहाजलाई रोकेर त्यसमा रहेका ३५३ लाई ओराल्न मंगलबार स्वीकृति प्रदान गरिएको थियो ।

लाम्पेदुसा आइल्याण्डको होल्डिङ्ग सेन्टरमा रहेकी महिलालाई सुत्केरी बेथा लागेपछि गरिएको परीक्षणमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

त्यसपछि उनलाई हेलिकप्टर मार्फत उनलाई पालेर्मोको अस्पताल लगिएको हो । तर उनले हेलिकप्टर उडिरेकै बेला बच्चा जन्माएकी हुन् । पहिचान नखुलाइएकी ती महिला अहिले पालेर्मोको अस्पतालमा सन्तानसहित रहेकी छन् ।

Loading...