तत्काल ‘भारी वर्षा’ नहुने मौसम पूर्वानुमान महाशाखाको भनाई

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले तत्काल भारी वर्षाको सम्भावना नरहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा औसतभन्दा दक्षिण अर्थात् भारततिर रहेकाले तत्काल भारी वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ । तर आज पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना भने कायमै रहेको महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरेको छ । काठमाडौँ […]

एमसीसी पदाधिकारीले भेट प्रधानमन्त्री देउवालाई

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को प्रतिनिधिमण्डलबीच शुक्रबार भेटवार्ता भएको छ । शुक्रबार बालुवाटारमा प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको हो । नेपाल र एमसीसीबीच भएको ५ मिलियन अमेरिकी डलर अनुदान सहयोग सम्झौता एमसीसी कम्प्याक्ट संसदबाट अनुमोदन हुन नसकिरहेका बेला एमीसीकी उपाध्यक्ष […]

ओली सरकारले घोषणा गरेका करिब ३२ अर्बको आयोजना हटाइए

काठमाडौं । पुस ५ मा पहिलो पटक प्रतिनिधिसभा विघटन गरेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यासको अनगिन्ती कार्यक्रममा सहभागी भए । ७ जेठको मध्यरातमा दोस्रो पटक संसद विघटन भएपछि पनि ओलीले थुपै महत्वकांक्षी कार्यक्रम तथा योजना अघि सारे । यसरी घोषणा गरिएका अधिकांश आयोजनाको न पूर्व तयारी पुरा भएको थियो, न लगानी कुन स्रोतबाट आउँछ […]

जनार्दन शर्माले ल्याएको वजेट प्रतिस्थापन विधेयकमा यस्ता छन कार्यक्रम (पूर्ण पाठ)

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेशलाई प्रतिस्थापना गर्ने विधेयक प्रस्तुत गरेका छन् । गत जेठ १५ गते तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेका थिए । प्रतिस्थापन विधेयकमा पौडेलले प्रस्तुत गरेको बजेटको आकार, चालु खर्च र आन्तरिक ऋणको परिणाम घटाइएको छ । अर्थमन्त्री शर्माले कोभिड- १९ का प्रभावित नागरिकको जीवन रक्षा र शिथिल […]

प्रचण्ड निवासमा एमसीसी उपाध्यक्ष फातिमाको टोली

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० की उपाध्यक्ष फतिमा सुमारले दलका नेताहरुसँगको भेटघाटलाई दोस्रो दिन पनि निरन्तरता दिएकी छिन् । बिहान पौने ८ बजेदेखि प्रचण्ड र एमसीसी उपाध्यक्ष नेतृत्वको टोली माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको भेटवार्ताका लागि अध्यक्ष प्रचण्डको निवास खुमलटार पुगेको हो । सुमारले पूर्वप्रधानमन्त्री केपी ओली, जसपाका नेताहरु डा बाबुराम भट्टराई […]

रामकुमारी झाँक्री र योगेश भट्टराई जिस्किएको भिडियो भाइरल (भिडियोसहित)

काठमाडौँ । योगेश भट्टराई र रामकुमारी झाँक्री जिस्किएको भिडियो भाइरल बनेको छ । बुधबारको संसद बैठकपछि संसद भवनमा उनीहरु जिस्किएको भिडियो भाइरल भएको हो । काननी रुपमा योगेश भट्टराई र रामकुमारी झाँक्री अलग दलका सांसद हुन् । संसदमा भेट हुँदा उनीहरु जिस्किएका हुन् । उनीहरु दुई जनासँग अर्का सांसद गणेशकुमार पहाडी पनि थिए ।एमाले विभाजनपूर्व […]

फुटबल इतिहासकै सबैभन्दा छिटो पेनाल्टी, चार सेकेन्डमै पेनाल्टी

एजेन्सी । फिफा विश्वकप २०२२ अन्तर्गत अफ्रिका छनोटमा मंगलबार राति भएको खेलमा फुटबल इतिहासकै सबैभन्दा छिटो समयमा पेनाल्टी दिइएको छ । मादागास्कर र तान्जानियाबीच मंगलबार भएको खेलमा तान्जानियाले मादागास्करमाथि ३-२ ले जित निकाल्दा खेल शुरु भएको सबैभन्दा कम समयमा पेनाल्टी पाएर इतिहास नै रचेको छ । खेल शुरु भएको चौथो सेकेण्डमै मादागास्करका गोलकिपर मेल्भिन एड्रियनले […]

एशियाली जलस्रोत, क्षेत्रीय सहकार्य र नेपालको दृष्टि

हामी बसेको विश्वको दुई तिहाईभन्दा बढि भाग पानीले ढाकिएको छ । तर, पनि यही विश्वमा बस्ने दुई तिहाइभन्दा बढि मानिस पर्याप्त सफा र स्वच्छ पिउने पानीबाट बञ्चित रहेका छन् । किनभने, महासागर र सागरहरुमा रहेको ९७ प्रतिशत पानी नुनिलो र पिउन लायक छैन । केवल ३ प्रतिशत पानी मात्र विश्वमा पिउन हुने खालको छ । […]

एमसीसी उपाध्यक्षको टोलीले प्रधानमन्त्रीभन्दा पहिला केपी ओलीलाई भेट्दै

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली काठमाडौ आइपुगेको छ । फातिमा सुमारका साथमा नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि रहेका छन् । बिहीबार कतारबाट काठमाडौं आएको टोली चार दिन नेपाल रहने बताइएको छ । उनीहरुले प्रधानमन्त्रीलाई भन्दा पहिला प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीलाई भेट्ने भएका छन् […]

नेपालको जलस्रोत अरुलाई सुम्पेर देशलाई रणमैदान बनाउन एमसीसी ल्याइएको विज्ञहरुको दावी

    काठमाडौं । दक्षिण र पूर्वी एसियामा रहेको जलसम्पदालाई कब्जा गर्ने रणनीतिका साथ नेपालमा एमसीसी परियोजना आएको विभिन्न क्षेत्रका विज्ञहरुले स्पष्ट पारेका छन् । फ्रेण्डसिप फोरम फर नेप्लिज जर्नालिस्ट (एफएफएनजे) राजधानीमा आयोजना गरेको ‘एशियाको जलश्रोत, क्षेत्रीय सहकार्य र नेपालको दृष्टि’ विषयक अन्तरक्रिया कार्यक्रममा जलस्रोत विज्ञ, परराष्ट्र मामिला विज्ञ, लेखक तथा अध्येताहरुले एमसीसी परियोजनाले नेपाल हुँदै […]