तत्काल ‘भारी वर्षा’ नहुने मौसम पूर्वानुमान महाशाखाको भनाई

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले तत्काल भारी वर्षाको सम्भावना नरहेको जनाएको छ ।

मनसुनको न्यून चापीय रेखा औसतभन्दा दक्षिण अर्थात् भारततिर रहेकाले तत्काल भारी वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

तर आज पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना भने कायमै रहेको महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरेको छ । काठमाडौँ उपत्यकामा शनिबार बिहान घाम लागेको छ ।

आज दिउँसो र राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार राति भने प्रदेश १ को एकाध स्थानमा भारी वर्षाको सम्भावना छ ।

Loading...