रामकुमारी झाँक्री र योगेश भट्टराई जिस्किएको भिडियो भाइरल (भिडियोसहित)

काठमाडौँ । योगेश भट्टराई र रामकुमारी झाँक्री जिस्किएको भिडियो भाइरल बनेको छ । बुधबारको संसद बैठकपछि संसद भवनमा उनीहरु जिस्किएको भिडियो भाइरल भएको हो ।

काननी रुपमा योगेश भट्टराई र रामकुमारी झाँक्री अलग दलका सांसद हुन् । संसदमा भेट हुँदा उनीहरु जिस्किएका हुन् । उनीहरु दुई जनासँग अर्का सांसद गणेशकुमार पहाडी पनि थिए ।एमाले विभाजनपूर्व उनीहरु तीनै जना माधवकुमार नेपालको समूहमा थिए ।

एमाले विवाद उत्कर्षमा पुग्नु केही पहिला गणेशकुमार पहाडी बालुवाटार प्रवेश गरे । उनलाई ओलीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनाए । एमाले विवाद उत्कर्षमा पुग्दै गर्दा योगेश भट्टराई बालकोट पुगे र एमालेको अध्यक्ष केपी ओलीलाई आफ्नो साथ रहेको बताए ।

यता रामकुमारी झाँक्री भने माधवकुमार नेपालको हात समातेर निर्वाचन आयोग पुगिन् र नेकपा (एस) दर्ता गराइन् । त्यसै पार्टीविरुद्ध पछिल्लो समय एमाले आयोगदेखि अदालत हुादै सभामुख सापकोटाविरुद्ध सडकदेखि सदनसम्म आक्रोश पोखिरहेको छ प्रतिनिधिसभा बैठकपछि योगेश र गणेश कुराकानी गरिरहेको ठाउँमा रामकुमारी पुगिन् ।

जहाँ उनीहरूले तस्बिर खिचाए र पत्रकारहरूसँग कुराकानी गरे ।प्रतिनिधिसभा बैठकमा आफूहरूलाई अनधिकृत भन्दै खगराज अधिकारीलगायतले लगाएको नाराले हाँसोसँगै रिस पनि उठेको रामकुमारीले बताइन् ।योगेशले ठट्यौली गर्दै थपे, ‘कोल्याप्स गरिदिउँ लाग्यो कि क्या हो ?’ त्यसमा रामकुमारी सही थपिन, ‘हो कोल्याप्स नै गरिदिउँ जस्तो लाग्यो ।’

त्यसपछि पत्रकारहरूले प्रश्न गर्यौं– न त रामकुमारीहरूलाई पदमुक्त गर्न भनेर नारा लगाउनुभयो न ढ्यापढ्याप गर्नुभयो किन ?योगेशले इशारा गर्दै जवाफ दिए, ‘मनबाट आउनुपर्यो त्यसपछि दिमागमा सन्देश जानुपर्यो र हातसम्म सन्देश पुग्नुपर्यो । अहिले त्यस्तो मनमा नै लागेको छैन ।’

हेर्नुहोस भिडियो

Loading...