फुटबल इतिहासकै सबैभन्दा छिटो पेनाल्टी, चार सेकेन्डमै पेनाल्टी

एजेन्सी । फिफा विश्वकप २०२२ अन्तर्गत अफ्रिका छनोटमा मंगलबार राति भएको खेलमा फुटबल इतिहासकै सबैभन्दा छिटो समयमा पेनाल्टी दिइएको छ ।

मादागास्कर र तान्जानियाबीच मंगलबार भएको खेलमा तान्जानियाले मादागास्करमाथि ३-२ ले जित निकाल्दा खेल शुरु भएको सबैभन्दा कम समयमा पेनाल्टी पाएर इतिहास नै रचेको छ ।

खेल शुरु भएको चौथो सेकेण्डमै मादागास्करका गोलकिपर मेल्भिन एड्रियनले तान्जानियाका सिभोन मसुभालाई डिबक्समा फल गरेपछि रेफ्री पेनाल्टीको इशारा गरेपछि यो फुटबल इतिहासकै सबैभन्दा छिटो पेनाल्टी बनेको छ । खेल शुरु भएको ४ सेकेण्डमा नै तान्जानियाले पेनाल्टी पाएको थियो ।

पेनाल्टीको अवसरसँगै अन्य २ गोल गर्दै तान्जानियाले मादागास्करलाई ३-२ ले हरायो । मादागास्करले पनि खेलमा २ गोल गरेको थियो ।

यसका साथै तान्जानियाले पाएको पेनाल्टी इतिहासकै छिटो भए पनि अहिलेसम्म औपचारिकता भने पाएको छैन । यसअघि सन् २०१४ मा घानाविरुद्धको मैत्रीपूर्ण खेलमा मोन्टेनेग्रोले खेल सुरू भएको दश सेकेन्डमै पेनाल्टी पाएको थियो ।

Loading...