प्रचण्ड निवासमा एमसीसी उपाध्यक्ष फातिमाको टोली

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० की उपाध्यक्ष फतिमा सुमारले दलका नेताहरुसँगको भेटघाटलाई दोस्रो दिन पनि निरन्तरता दिएकी छिन् ।

बिहान पौने ८ बजेदेखि प्रचण्ड र एमसीसी उपाध्यक्ष नेतृत्वको टोली माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको भेटवार्ताका लागि अध्यक्ष प्रचण्डको निवास खुमलटार पुगेको हो ।

सुमारले पूर्वप्रधानमन्त्री केपी ओली, जसपाका नेताहरु डा बाबुराम भट्टराई र उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग बिहीबार नै भेटवार्ता गरेकी हुन ।

आजै प्रधानमन्त्री शेर बहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । चार दिने भ्रमणमा रहेकी सुमारले राजनीतिक भेटघाट गरी एमसीसीका विषयमा नेपालमा उठिरहेको प्रश्नको जवाफ दिने र प्रष्टिकरण दिने बताइएको छ ।

Loading...