राष्ट्रिय सहमतिपछि मात्र एमसीसी पारित हुने : प्रचण्ड

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिपछि मात्र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन्स्ए ( एमसीसी ) पारित हुने बताएका छन् । अध्यक्ष प्रचण्डले आज आफ्नै निवास खुमलटार पुगेकी एमसीसीकी उपाध्यक्ष फातिमा सुमारसँगको भेटमा यस्तो बताएका हुन्।

अहिले को अवस्थामा यो बिषय राष्ट्रिय मुद्दा भइसकेको र एमसीसी पारित गर्ने / नगर्ने सत्तारुढ गठबन्धन र प्रतिपक्षी दलहरूको समेत सहमति पछि मात्र संसदबाट अनुमोदन हुन सक्ने सुमारलाई जवाब दिएका थिए ।

एमसीसी कुनै सैन्य गठबन्धनसँग सम्बन्धित नभएको उपाध्यक्ष सुमारले आफ्नो भनाइ राख्दै नेपालको हितमा रहेको बताएकी थिइन्।
यस अघि उनले बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपामा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईसँग भेटेकी थिइन्।
प्रधानमन्त्री शेरबहादुर देउवासँग उपाध्यक्ष सुमारले आजै अपरान्ह भेट गर्दै छिन ।

Loading...