प्रतिनिधि सभा दोस्रो बैठकमा पनि एमालेको नाराबाजीका अवरुद्द

आर्थिक अध्यादेश बहुमतले स्वीकृत

काठमाडौँ। प्रतिनिधि सभा दोस्रो बैठकमा पनि एमालेको नाराबाजीका कारण अवरुद्द भएको छ।

यसअघि एमाले सांसदको नाराबाजी र अवरोध गरे पछि पहिलो बैठक १५ मिनेट स्थगित भएको थियो।
सभामुख अग्निप्रसाद सापकोटाले आज बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दलका सांसदहरु उठेर बेल घेराउ गर्दै नाराबाजी गरेका थिए ।

१४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै एमालेले संसद्को १३औँ अधिवेशनमा अवरोध गरेको हो ।
प्रतिपक्ष सांसदबाट विरोध भइरहँदा सभामुख सापकोटाले तपाईहरुले उठाएका कुरा अदालतमा मुद्दा विचाराधीन रहेको र जनजीवीकासँग जोडिएका यावत् विषय राख्नुपर्ने भएकाले सदन चलाउन सहयोग पुर्‍याउन आग्रह गरे ।
यसै गरि प्रतिनिधिसभा बैठकले आर्थिक अध्यादेश स्वीकृत गरेको छ । अर्थमन्त्री जनादर्न शर्माले आर्थिक अध्यादेशलाई स्वीकृत गरियोस् भनि गरेको प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।
प्रमुख प्रतिपक्ष दलको विरोधका कारण गत बुधबारको प्रतिनिधिसभाका तीन वटा बैठक पनि स्थागित भएका थिए ।

Loading...