औद्योगीकरणलगायत विज्ञान प्रविधिका कारणले वातावरणमा गम्भीर असर परिरहेको छ : मन्त्री भुषाल

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले औद्योगीकरणलगायत विज्ञान प्रविधिका कारणले वातावरणमा गम्भीर असर परिरहेको बताउनु भएको छ।

जलस्रोत अनुसन्धान तथा विकास केन्द्रको छैटौँ वार्षिकोत्सवमा मन्त्री भुसालले अहिले विश्वमा भइरहेको अति विकसित र विकासशील राष्ट्रहरुले गरेका औद्योगीकरणलगायत विज्ञान प्रविधिका कारणले वातावरणमा गम्भीर असर परिरहेको बताउनु भएको हो।

उनले मानव निर्मित विकासका प्रभावका कारण वातावरणमा परेको असर अध्ययन गर्नुपर्ने जरुरी रहेको पनि बताउनु भयो। ‘अहिले विश्वमा भएको अति विकास र एकदमै विकासशील भन्ने राष्ट्रहरुले गरेका गतिविधि,औद्योगीकरणले क्लाइमेटमा परेको प्रभाव हामी त्यो भोगिरहेका छौँ, अर्कैले विष खाएको छ, त्यसको प्रभाव हामी जस्ता राष्ट्रहरुले भोगिरहेका छौँ, नेपाल त्यसको द्रूत गतिमा प्रभावको सामना गर्ने राष्ट्र बनेको छ ।’ उनको भनाइ थियो ।
कार्यक्रममा जलश्रोत अनुसन्धान तथा विकास केन्द्रका कार्यकारी निर्देशक डा. महेश्वर श्रेष्ठले जलश्रोतको विविध पक्षमा अनुसन्धान गर्नुपर्ने बताउनु भयो ।

Loading...