शाखा अधिकृतको नतिजा प्रकाशन स्थगित

काठमाडौं । लोकसेवा आयोगले २०७६ सालमा विज्ञापन गरेको व्यवस्थापिका संसद, परराष्ट्र, प्रशासन र लेखापरीक्षण सेवाका शाखा अधिकृतको नतिजा प्रकाशन स्थगित गरेको छ । सर्वोच्च अदालतले कर्मचारी समायोजन सम्बन्धमा दिएका आदेशलाई कारण देखाउँदै आयोगले सबै परीक्षा लिइसकेको शाखा अधिकृतको योग्यताक्रम प्रकाशन र सिफारिस स्थगित गरेको हो । ‘… आयोगबाट प्रकाशित वि नं १६६९४–१६७००/०७६–७७ सम्मका व्यवस्थापिका संसद, […]

उत्तर कोरियाद्वार ‘क्रुज’ मिसाइल परीक्षण

एजेन्सी । उत्तर कोरियाले लामो दूरीसम्म मार हान्न सक्ने मिसाईल परीक्षण गरेको छ । प्योङयाङले लामो दूरीको क्रुज मिसइल परीक्षण गरेको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् । उत्तरका आणविक कार्यक्रमलाई लिएर प्योङयाङ र वासिंगटनबीच तनाब बढिरहेका बेला उसले पुनः आणविक होड देखाएको हो । उत्तर कोरियाको पछिल्लो परीक्षणले छिमेकी मुलुक र वरपरका अन्य क्षेत्रमा खतरा […]

एमसीसी नेपालको स्वाधीनतामाथि ठाडो हस्तक्षेपः विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लागु हुन नदिने बताएका छन् । सोमबार काठमाडौँको खुल्लामञ्चमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै विप्लवले एमसीसी सम्झौता नेपालको स्वाधीनता र सार्वभौमिकताको विरोधमा रहेको तर्क गरे । महासचिव विप्लवले यो नेपालको स्वाधीनतामाथि ठाडो हस्तक्षेप भएको बताउँदै यस्तो रणनीतिक हस्तक्षेपलाई केही राजनीतिक दलका प्रमुख […]

अमेरिकासँग नेपाल अमेरिका ५ विकेटले पराजित

काठमाडौँ ।आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा आइतबार नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको हो । २ सय ३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा मात्र ५ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितका लागि कुशल भुर्तेल र रहित कुमार […]

असोज पहिलो साताबाट अन्नपूर्ण आधारशिविर खुल्दै

पोखरा । कोरोनाले बन्द अन्नपूर्ण आधारशिविर पदयात्रा आगामी असोज पहिलो साताबाट खुल्ने भएको छ । कोरोनाबीच देशका धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्य खुल्न थालेसँगै सो आधारशिविर पदमार्ग खुल्ने भएको हो । विश्वकै उत्कृष्ट १० मध्येको उक्त पदमार्गमा पर्ने सो आधारशिविर क्षेत्रमा स्वास्थ्यमापदण्ड बनाएर पदयात्रा खोल्न लागिएको छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दीलिप गुरुङले बताए । […]

वर्ल्डलिंकले शुरू गर्यो ३०० एमबिपिएस क्षमता गतिको इन्टरनेट

काठमाडौं । नेपालको सबैभन्दा ठूलो ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले अब घरभरि सबै तल्लामा समान गतिको इन्टरनेट उपलब्ध गराउने भएको छ । वर्ल्डलिंक फोटोन स्किम अन्तर्गत यो इन्टरनेट सेवा सुरू गरेको हो । फोटोन उच्च गतिको इन्टरनेट हो । यसले घरभरि समान रूपमा इन्टरनेट उपलब्ध गराउँछ । नेपालमा पहिलो पटक ३०० एमबीपीएस […]

महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौँ। एएफसी महिला एसिया कप छनोट-२०२२ छनोट खेल खेल्न नेपाली महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान गरेको छ । नेपाली टोली आज राति ११ बजे इस्तानबुल हुँदै उज्वेकिस्तानका लागि उडेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार एक कार्यक्रमका बीच उज्वेकिस्तान प्रस्थान गर्ने ३३ सदस्यीय टोलीलाई विदाई गरेको थियो । उज्वेकिस्तान प्रस्थान गरेको टोलीमा […]

२९ वर्षदेखि जेलको गोलघरमा राखिएका पेरुका कम्युनिस्ट नेता गोञ्जालोको निधन

लामो समयदेखि जेल जीवन बिताइरहेका पेरुका विद्रोही नेता गोञ्जालोको ८६ वर्षको उमेरमा निधन भएको छ । पेरूमा तत्कालिन फुजीमोरी शासनका विरूद्ध विद्रोहका नेतृत्व गरेका गोञ्जालोको शनिबार साँझ ६ः ४० मा एक सैनिक अस्पतालमा निधन भएको हो । जेलमै बिरामी परेका उनलाई उपचारका लागि सैनिक अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको […]

अधिवेशन तालिका संशोधन गरिएको भन्दै कांग्रेसका १२ युवा नेता उत्रिए विरोधमा

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेताहरूले अधिवेशन तालिका संशोधन भएकोप्रति आपत्ति जनाएका छन् । कांग्रेसका १२ युवा नेताले संयुक्त विज्ञप्ति जारी गर्दै अधिवेशन तालिका संशोधन गरिएको प्रति आपत्ति जनाएका हुन् । स्थानीय तहका अधिवेशनहरू पर सारिएको प्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको उनीहरूले जनाएका छन् । ‘सबै घटनाक्रमप्रति हाम्रो ध्यान गम्भीर रूपमा आकृष्ट भएको छ । […]

पपुवा न्यूगिनी नेपालसँग १५१ रनले पराजित, ६ विकेट लिएर सन्दिप बने म्यान अफ द म्याच

काठमाडौँ । नेपालले दोस्रो एक दिवसीय क्रिकेटमा पपुवा न्यूगिनीलाई नेपालले १५१ रनले पराजित गरेको छ । दोस्रो खेल जितेसँगै नेपालले पीएनजीविरुद्धको २ खेलको श्रृंखला पनि २–० ले जितेको छ । ओमानमा शुक्रबार भएको डेनाइट खेलमा नेपालले पहिला ब्याटिङ गर्दै २३३ रन बनाएको थियो । २३४ रनको लक्ष्य पाएको पीएनजी १९ ओभर १ बलमा ८२ रनमै […]