मुगु, २ असोज । कर्णालीका हिमाली जिल्लामा महान चाड दशैंको मुखमा खाद्यान्न अभाव सुरु भएको छ । यो वर्षको दशैंसम्म कर्णालीका मुगु, डोल्पामा खाद्यान्न अभाव हुने देखिएको छ । जिल्लामा भएका खाद्य संस्थान तथा व्यापार कम्पनी लिमिटेडका सबै डिपोहरुमा खाद्यान्न पर्याप्त मौज्दात नभएपछि मुगुका सबै डिपो कार्यालय तथा विक्री केन्द्रहरु रित्तिनुका साथै शाखा केन्द्र गमगढी बजारमा पनि […]
Author: Nonstop Khabar
होटलको कोठाबाट रेडपाण्डाको छालासहित चारजना पक्राउ
सुर्खेत, २ असोज । रेडपाण्डाको छालासहित चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीरेन्द्रनगर-८ खजुरास्थित होटल मानसरोवरको कोठा नम्बर ११५ बाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । रेडपाण्डाको छालासहित पक्राउ पर्नेमा कालिकोटको रास्कोट नगरपालिका-८ का मनबहादुर बुढा, ठाँटिकाँध गाउँपालिका-१ का विष्णु रावत, नारायण नगरपालिका–१० का नरेन्द्र थापा र पूर्णबहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी […]
निर्मला पन्तका हत्यारा पत्ता लाग्ने छैनन
समाज र राज्यको उत्पति भएदेखि प्राचीन साम्यवाद जसमा समूहको मूली महिला थिए । सामूहिक यौन भएकोले सन्तानको बाबु उनैले नै बताउथिन । मानव जनसंख्या बढ्न थाल्यो खाना खाने जंगली पशुहरु घरमा ल्याएर पाल्ने त्यसबाट दुध, दही, मही, अन्न, फलफुल खाएर पनि बाँच्न सकिन्छ तिनै घरपालुवा पशुहरु पनि घरमा खान सकिन्छ भन्ने पत्ता लगायो । जंगली […]
हतारमा विद्यालय नखोल्न स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज स्वास्थ्य मन्त्रालयले गरेको छलफलमा हतारमा विद्यालय नखोल्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनले विद्यालय खोल्न वा नखोल्ने त्यहाँका रहेको स्थानीय तहले निर्धारण गर्ने बताए। उनले विद्यालय खोल्नुभन्दा […]
एनभीए महिला तथा पुरुष क्लब भलिबल असोज १० देखि हुने
काठमाडौँ । छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोज १० देखि १६ गतेसम्म संचालन हुने भएको छ । नेपाल भलिबल संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप असोज १० देखि १६ गतेसम्म संचालन हुने जनाएको हो । राखेपको कभर्डहलमा आयोजना हुने च्याम्पियनसिपमा पुरुषतर्फ १२ टिम र महिलातर्फ ६ टिमको सहभागिता रहने संघका […]
बागमतीमा १८ लाखले लगाए कोरोनाविरुद्धको खोप
काठमाडौँ । बागमती प्रदेशमा हालसम्म १८ लाख ७० हजार ७०० भन्दा बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म ३२ प्रतिशतले कोरोनाविरुद्ध खोप लगाएको बताइएको छ । प्रदेशमा तीन लाख ४७ हजार १०१ ले कोभिसिल्ड, ११ लाख ७६ हजार २०४ ले भेरोसेल तथा तीन लाख ४७ हजार ४१४ […]
मालपोत र भूमि सुधार कार्यालयको काम एकै ठाउँबाट
मोरङ । मालपोत कार्यालय विराटनगर र भूमि सुधार कार्यालयले प्रदान गर्ने सेवा एकै स्थानबाट सुरु भएको छ । विगतमा भूमिमा हुने कामका लागि सेवाग्राही पुग्दा कर्मचारी मालपोत कार्यालयमा गएको र मालपोत कार्यालयमा कामका लागि पुग्ने सेवाग्राहीलाई कर्मचारी भूमि सुधार कार्यालय गएको व्यवहार कर्मचारीले देखाउने गर्दा सेवाग्राही निकै मर्कामा पर्ने गरेका थिए । विसं २०१३ मा […]
सुकुम्बासी समस्या समाधान गर्न भन्दै राष्ट्रिय भूमि आयोग गठन
काठमाडौँ । सरकारले सुकुम्बासी समस्या समाधान गर्न भन्दै राष्ट्रिय भूमि आयोग गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग गठन गरेको हो । नेपाल शिक्षक संघका पूर्व अध्यक्ष केशव निरौलाको अध्यक्षतामा आयोग गठन गरिएको हो । नवनियुक्त अध्यक्ष निरौलाले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाबाट शपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शपथ लिएपछि […]
१२ जिल्लाका सिडिओको सरुवा (सूचीसहित)
काठमाडौँ । गृह मन्त्रालयले आज विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार गृहमन्त्रीस्तरीय निर्णयले १२ प्रमुख जिल्ला अधिकारीसहित १६ कर्मचारीको सरुवा गरिएको हो । उनकाअनुसार गृह मन्त्रालयका सहसचिव घनश्याम उपाध्ययलाई ललितपुरको प्रमुख जिल्ला अधिकारीमा पठाइएको र ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलालाई भने मन्त्रालयमा ल्याइएको छ । गुल्मीका प्रजिअ रुद्रादेवी […]
जनप्रगतिशिल मोर्चा जापानको तेस्रो अधिवेशन टोकियोमा हुँदै
टोकियो । नेपाली जनप्रगतिशिल मोर्चा जापानको तेस्रो अधिवेशन जापानको राजधानी टोकियोमा हुने भएको छ । हालै सम्पन्न भएको संगठनको एक भर्चुअल बैठकबाट यही २२ सेप्टेम्बरमा अधिवेशन आयोजना गर्ने निर्णय गरिएको बताइएको छ । नेत्रविक्रम चन्द विप्लव निकट प्रवासी संगठनका रुपमा रहेको मोर्चाको भर्चुअल बैठकबाट सम्मेलन आयोजक समिति पनि बनाइएको छ । नेकपाका विदेश विभाग प्रमुख […]











