भक्तपुरका उत्कृष्ट तीन उद्यमीलाई सम्मान

भक्तपुर । उद्योग तथा वाणिज्य कार्यालय, भक्तपुरले एघारौँ उद्योग दिवसको अवसरमा ‘प्रभावशाली तथा उत्कृष्ट उद्यमी सम्मान कार्यक्रम’ सम्पन्न गरेको छ । दत्तात्रयमा आयोजित कार्यक्रममा जी.के. पोल्ट्री फार्मका सञ्चालक शिशिर किसी, गुण सेरामिक्सका गुणलक्ष्मी अवाल र महालक्ष्मी पाउँ उद्योगका रामकृष्ण ध्वोजु श्रेष्ठलाई सो सम्मान प्रदान गरिएको छ । भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले सम्मानित उद्योगीहरुलाई […]

पद्म माविको १०२ औं वार्षिकोत्सव, भवन नबन्दा मन्त्रीलाई नै लाज

भक्तपुर । देशकै दोस्रो पुरानो विद्यालय भक्तपुर-३ स्थित श्री पद्म माध्यमिक विद्यालयले सोमबार आफ्नो १०२औँ वार्षिकोत्सव तथा कलेजको १६औँ स्थापना दिवस मनाएको छ । बागमती प्रदेश सरकारका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठको प्रमुख आतिथ्यतामा विशेष समारोहसहित कार्यक्रम सम्पन्न भएको हो ।    समारोहलाई सम्बोधन गर्दै सो विद्यालयका पूर्व विद्यार्थी समेत रहेका मन्त्री श्रेष्ठले भूकम्पबाट […]

सरकारी विज्ञापनको भुक्तानीमा एजेन्सीलाई कडाइ, सञ्चारमाध्यमको बिल अनिवार्य

काठमाडौ । सरकारले अबदेखि सरकारी विज्ञापनको रकम भुक्तानी गर्दा तेस्रो पक्ष (सञ्चारमाध्यम) को बिल अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था लागू गर्न निर्देशन दिएको छ। विज्ञापन एजेन्सी र कर्मचारीबीचको मिलेमतोमा हुने आर्थिक अपचलन रोक्ने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मन्त्रालय र मातहतका निकायहरूलाई निर्देेेशनात्मक परिपत्र जारी गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विज्ञापनमा हुँदै आएको अनियमितता […]

मेरी संजीवनीको लोकार्पणका साथै पुस्तक हस्तान्तरण सम्पन्न

अनेसास पोर्चुगलकी कार्यसमिति सदस्य गीतकार सजु पौडेल बरालको ‘मेरी सञ्जीवनी’ गीतसङ्ग्रह लोकार्पणका साथै पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ  । गत आइतवार पोखरामा भएको कार्यक्रमको आयोजना पृथ्वीनारायण क्याम्पस नेपाली विभागले गरेको थियो । गीतसङ्ग्रह क्याम्पस प्रमुख प्रा.डा. हरिप्रसाद पाठक, विभागीय प्रुमख डा. यमनाथ तिमिल्सिना, पूर्व विभागीय प्रमुख प्रा.डा. कुसुमाकर न्यौपाने, उपप्राध्यापक गीताकुमारी पौडेल, गीतकार सजु […]

लो प्रोफाइलमा रहँदै आएका सुमनराज मुख्यसचिव नियुक्त

काठमाडौ । सरकारले सचिव सुमनराज अर्याललाई निजामती सेवाको सबैभन्दा उच्च प्रशासनिक पद मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उनको नाम अनुमोदन गरेको हो। पहिलेका मुख्यसचिव एकनारायण अर्याल अनिवार्य अवकाशमा जानुअघि नयाँ मुख्यसचिवको दौडमा प्रमीला देवी बज्राचार्य, मधुसूदन बुर्लाकोटी र डा. कृष्णहरि पुष्करको नाम पनि चर्चामा थिए। तर अन्ततः सरकारको रोजाइमा […]

पानी पनि नक्कली

काठमाडौं । बजारमा नक्कली खानेपानी खुलेआम बिक्री हुन थालेपछि सार्वजनिक स्वास्थ्य नै जोखिममा परेको छ। बजारमा विभिन्न कम्पनीको ट्रेडमार्क अनाधिकृत प्रयोग गरेर जारको पानी बेचिरहेको आरोपमा दुई जना पक्राउ परेका छन्। प्रहरी परिसर, काठमाडौंले सर्लाहीका आशिष कार्की र चितवनका किरण श्रेष्ठलाई कम गुणस्तरको पानीमा अन्य कम्पनीको ट्रेडमार्क टाँसी बिक्री गरेको आरोपमा नियन्त्रणमा लिएको जनाएको छ। […]

बिराटनगर विमानस्थलमा महेश बस्नेतमाथि आक्रमण प्रयास

mahesh Basnet

बिराटनगर । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा अध्यक्ष केपी शर्मा ओलीका निकट सहयोगी महेश बस्नेतमाथि आज आइतबार बिहान विराटनगर विमानस्थलमा आक्रमण प्रयास भएको छ। नेता बस्नेत र अध्यक्ष ओली विरुद्ध नाराबाजी गर्दै उनी सवार गाडीमा रातो मसी छ्यापिएको छ । प्रहरी स्कर्टिङमा रहेका बस्नेतलाई लक्षित गर्दै गरिएको आक्रमण प्रयास तत्कालै सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएका छन् । […]

तिलगंगाको आँखा सेवा ख्वप: अस्पतालमै, सेवाग्राही खुशी

भक्तपुर । भक्तपुर नगरपालिकाले सञ्चालन गरिरहेको च्यामासिंहस्थित ख्वप: अस्पतालमा आँखाका बिरामीहरुलाई गुणस्तरीय सेवा प्रवाह भइरहेको छ । नेपाल आँखा कार्यक्रम र भक्तपुर नगरपालिकाको सहकार्यमा ख्वप: तिलगंगा आँखा अस्पतालमार्फत भक्तपुरमै तिलगंगाको सेवा प्रवाह भइरहेको हो । अस्पतालका प्रशासन तथा अपरेशन इन्चार्ज डाक्टर धिरज अधिकारीका अनुसार यो तिलगंगा आँखा अस्पतालकै संस्थागत शाखा हो । “भक्तपुर नगरपालिकासँग समन्वय […]

पत्रकार रत्नलाई पितृशोक

काठमाडौ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा काठमाडौं र प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिका सहसचिव एवं सौर्य दैनिकका पत्रकार  विक्रम रत्नलाई पितृशोक परेको छ । उनका पिता शुकुवीर रत्नको शुक्रवार असामयिक निधन भएको हो । ७५ वर्षिय शुकुवीर पेटको क्यान्सरबाट ग्रसित थिए । काठमाडौको चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक श्रोतले […]

धुर्मुस सुन्तली फाउन्डेसनलाई भुक्तानी दिन महानगरलाई कानुनी समस्या

चितवन । धुर्मुस–सुन्तली फाउन्डेसनले सुरु गरेर अधुरो छाडेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको भुक्तानी दिने सवालमा भरतपुर महानगर कानुनी जटिलतामा फसेको छ। संघीय सरकारले १५ करोड रुपैयाँ पठाए पनि रकम सिर्जित सम्पत्ति खरिद शीर्षकमा आएको हुँदा सार्वजनिक खरिद ऐनअनुसार खर्च गर्नुपर्ने बाध्यता देखिएको महानगरले स्पष्ट गरेको छ। महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलका अनुसार यो रकम […]