क्यासिनो इतिहासमा माजोङको सुनौलो कीर्तिमान कायमै

काठमाडौं। राजधानीको सोल्टी होटल परिसरभित्र रहेको क्यासिनो माजोङले फेरि एकपटक आफ्नो कीर्तिमान कायम राखेको छ । दक्षिण एसियाको सबैभन्दा प्रतिष्ठित हस्पिटालिटी सम्मान ‘बेस्ट क्यासिनो इन साउथ एसिया’ को ताज यसपालि पनि माजोङकै शिरमा सजिएको छ। लगातार पाँचौँ पटक यो अवार्ड जित्दै माजोङले नेपाली क्यासिनो इतिहासमा सुनौलो कीर्तिमान कायम गरेको हो । यस्तो उपलब्धि अहिलेसम्म कुनै […]

भाइटीकासंगै सकियो तिहार

काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता, माया र शुभकामनाको प्रतीकका रूपमा भाइटीका पर्व देशभर उल्लासपूर्वक मनाइएको छ। कार्तिक शुक्ल द्वितीयाका दिन पर्ने भाइटीका पर्वमा दिदीबहिनीहरूले दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्यको कामना गर्दै सप्तरङ्गी टीका, मखमली र सयपत्री माला सहित पूजा गरेर टीका लगाइदिए। उनीहरूले दाजुभाइको सुखशान्ति, सुस्वास्थ्य […]

पेस्तोल र पौने पाँच लाख नगदसहित २३ वर्षीय युवक पक्राउ

Arrest

ललितपुर । ललितपुर प्रहरीले पेस्तोल र चार लाख अठहत्तर हजार नगद सहित एकजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी प्रहरी उपरीक्षक चक्र जोशीका अनुसार  खोटाङको साकेला गाउँपालिका–०१ घर भई हाल ललितपुर महानगरपालिका–२३ धापाखेल बस्ने २३ वर्षीय शिव कुमार बिकलाई पेस्तोल र नगद सहित पक्राउ गरिएको हो। स्थानीयले मादक पदार्थ सेवन गरी होहल्ला […]

राष्ट्रपति पौडेलले लगाए तिहारको टीका

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस वर्षको तिहारको टीका लगाएका छन् । राष्ट्रपति पौडेलले बिहिबार राष्ट्रपति भवन शितलनिवासमा ११ बजेर ३९ मिनेटको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाएका राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ […]

व्यक्तिगत र दलगत स्वार्थभन्दा माथि उठ्न प्रधानमन्त्रीको आग्रह

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्रलाई सबल बनाउन, आर्थिक विकास र नागरिकको अधिकार सुनिश्चित गर्न भयरहित रूपमा जनताले मताधिकार प्रयोग गर्न पाउने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताइन्। राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान, मध्यपुर थिमिले बुधबार आयोजना गरेको कार्यक्रममा साख्वा: को प्रतिमामा मल्यार्पण गर्दै उनले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन निष्पक्ष, भयरहित […]

लोपोन्मुख हुक्कापाती

सप्तरी । दीपावलीमा देखिने ‘हुक्कापाती’ अहिले लोप हुन थालेको छ। तर, परम्परालाई जोगाउन कतिपय ग्रामीण महिलाहरू अझै पनि सनपाटबाट बनेको हुक्कापाती बोकेर गाउँ-गाउँदेखि शहरसम्म हिँडिरहेका छन्। राजविराजका गल्ली–गल्लीमा “हुक्कापाती लिई आए” भन्दै हल्ला गर्दै हिँड्ने महिलाहरू यो वर्ष पनि देखिए । तीमध्ये मंसापुरकी ललिता रामले लक्ष्मीपूजको विहान नौ बजेसम्ममा झन्डै दुई हजार रुपैयाँको हुक्कापाती बेचिसकेकी […]

घरजग्गा कारोबारबाट असोजमा उठ्यो पौने ३ अर्ब राजश्व

काठमाडौं । गत असोजमा देशभरका मालपोत कार्यालयले कूल २ अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ रुपैयाँ राजस्व संकलन गरेका छन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देशभरका दुईदर्जनभन्दा बढी मालपोत कार्यालयमा आगजनी र क्षति पुगेको थियो । चाडवाड र आन्दोलनका कारण कार्यालय सञ्चालनमा कठिनाइ भएका कारण राजस्व संकलन सामान्य […]

भक्तपुरबाट २७ जुवाडे पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका-३ नासमनाको घ:खास्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा २७ जना पक्राउ परेका छन् । गएराति विशेष सुराकीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेक हो । पक्राउ परेकाहरुको पहिचान सार्वजनिक भएको छैन ।तर, जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुले २७ जुवाडे पक्राउ परेका […]

इलामका बाढीपीडित विद्यार्थीलाई पाकिस्तानमा ५० बढी छात्रवृत्ति

pakistan embassy

इलाम । नेपालस्थित पाकिस्तानी दूतावासले कोशी प्रदेश अन्तर्गत इलाम जिल्लाका बाढीपीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ। नेपाल–पाकिस्तान युवा परिषद् (NPYC) को सहकार्यमा इलामको माङसेबुङ र फाकफोकथुम गाउँपालिकामा राहत वितरण सामाग्री हस्तान्तरण गरिएको हो। पाकिस्तानका राजदूत अबरार एच. हाश्मी, प्रथम सचिव मोहम्मद हारुन रसीद र नेपाल–पाकिस्तान युवा परिषद्का संयोजक ऋचुमणी लुइटेलले गजुरमुखी धाम, माङसेबुङ गाउँपालिकामा […]

हेम पाठकले ल्याए ‘अब जाग्नु पर्छ’ म्युजिक भिडियो

हेम सरिता पाठक फाउन्डेसनले आज २०८२ कात्तिक २ गते डालो रेस्टुरेन्ट, अनामनगर,  काठमाडौंमा आयोजना गरेको ‘अब जाग्नु पर्छ’ म्युजिक भिडियोको सार्वजनिक कार्यक्रम सप्पन्न भयो । फाउन्डेसनका अन्तर्राष्ट्रिय अध्यक्ष जेनी पाठकको अध्यक्षतामा आयोजित सो कार्यक्रममा लोकार्पित ‘अब जाग्नु पर्छ’ म्युजिक भिडियोको गीत फाउन्डेसनका प्रमुख संरक्षक गीतकार हेम पाठकले लेखेका हुन् भने सो गीतको संगीत एवं गायन […]