बिपी हाइवेमा दुर्घटना हुँदा मोटरसाइकल चालकको गयो ज्यान

दिउँसो करिब  १ बजेको समयमा काभ्रेको रोशी गा.पा ११ माम्दी स्थित बि.पि राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।  सिन्धुली तर्फ जादै गरेको बा ९६ प ९२६१ नं.को मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको हो ।                                    […]

सडक बिगार्ने र कोलाहल मच्चाउने ट्रिपरलाई काभ्रे प्रहरीको कारवाही

प्रेसर हर्न बजाउदै कोलाहल मच्चाएर सडक दौडने ट्रिपरहरु कारवाहीमा परेका छन् । मंगलवार काभ्रे प्रहरीले उनीहरुलाई कारवाही गरेको हो । मंगलवार २ दर्जन बढी ट्रिपरको प्रेसर हर्न निकालिएको जिल्ला प्रहरी कार्यालय काभ्रेको सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक राजकुमार श्रेष्ठले जनाएका छन् । पहिलोपटक सचेत गराउदै प्रेस हर्न निकाल्ने र सोही गल्ती दोहोर्याए आर्थिक जरिवाना […]

तेस्रो व्यक्तिमा प्रहरीको सर्वोच्च जिम्मेवारी

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक दिपक थापाको काँधमा प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको प्रमुख जिम्मेवारी आइपरेको छ । थापाले करिब एक साताका लागि निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी पाएका हुन् । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर सुरक्षा र न्याय सम्बन्धी एक अन्तराष्ट्रिय कार्यक्रममा सहभागी हुन शनिबार संयुक्त अधिराज्य बेलायत प्रस्थान गरेपछि टेक प्रसाद राईले निमित्त पाएका […]

संघीयताको उत्कृष्ट अभ्यासमा छौं,पालिकाबिरुद्ध शिक्षक आन्दोलन प्रयोग हुनुहुँदैन : सुनिल प्रजापति

भक्तपुर नगरपालिकाले संघीयताको उत्कृष्ट अभ्यास गरिरहेको नगर प्रमुख सुनिल प्रजापतिले प्रष्ट पारेका छन् । सोमबार नगर भित्रका विद्यालयका प्रधानाध्यापक भेलामा प्रमुख प्रजापतिले सोकुरा प्रष्ट पारेका हुन् । भक्तपुर नपा आफैले ख्वप विद्यालय, इञ्जिनियरिङ्ग लगायतका विषयका कलेजलहरु र प्राविधिक शिक्षालयहरु सक्न्चालन गरिरहेको उनले बताए । सामुदायिक र संस्थागत विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई समान शिक्षा दिने विषयमा जोड […]

विदेशको अप्रिय घटनाबाट उत्पन्न सुरक्षा चुनौतीप्रति सतर्क रहन प्रदेश प्रहरी प्रमुखहरूलाई निर्देशन

tek prasad rai AIGP

निमित्त प्रहरी महानिरीक्षक रहेका प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले प्रदेश प्रहरी प्रमुखहरूले आ-आफ्नो क्षेत्रमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीहरूको विश्लेषण गर्दै सोही अनुरूप विशेष सुरक्षा योजना बनाई शान्ति सुरक्षा कायम गर्नुपर्ने बताएका छन् । प्रदेश प्रहरी प्रमुखहरूलाई समसामयिक विषयमा नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल रुपमा भिडियो कन्फ्रेन्स मार्फत् सोमबार निर्देशन दिँदै निमित्त प्रहरी महानिरीक्षक […]

मंगलवार राष्ट्रिय शोक घोषणा, एकै विषयमा मन्त्रिपरिषद्को ११ निर्णय

इजरायलमा शनिवार प्यालेष्टाइनको हमास समूहले गरेको आक्रमणमा परी १० नेपालीको ज्यान गएपछि नेपाल सरकारले मंगलवार राष्ट्रिय शोक घोषणा गरेको छ । मन्त्रीपरिषदको सोमबार बसेको बैठकले राष्ट्रिय शोकको घोषणा गरेको हो । मन्त्रिपरिषद्को बैठक नेपालीको निधन, राहत र उद्धारमा केन्द्रीत रहेको थियो । बैठकले यसबारे ११ निर्णय गरेको छ । बैठकले गरेका निर्णय निम्नबमोजिम रहेका छन् […]

जबरजस्ती करणी अभियोगमा युवक पक्राउ

२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङको कटहरी गाउँपालिका-७ बस्ने ३० वर्षीय करण सरदालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।  आफनै घरमा सुतिरहेकी ती महिलालाई करणले बिहीबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

इजरायल आक्रमणमा १० नेपालीको निधन

इजरायलमाथि प्यालेस्टिनी विद्रोही हमासले गरेको आक्रमणमा परी १० नेपालीको ज्यान गएको छ । परराष्ट्र मन्त्रालय श्रोतले १० नेपालीको ज्यान गएको पुष्टि गरेको हो । अध्ययनका लागि इजरायल गएका विद्यार्थीहरू आक्रमणमा परेका हुन् । आक्रमणमा परेका विद्यार्थीहरूले टिपाएको नामावलीमा १० जनाको मृत्यु भएको बताइएको छ । आक्रमणमा परी ६ जना घाइते भएका छन् भने एक जना […]

उर्जा विकास दसकको रोडम्याप तयार गर्दै उर्जा मन्त्रालय

काठमाडौं । उर्जा मन्त्रालयले उर्जा विकास दसकको रोडम्याप तयार गर्न लागेको छ । आगामी १० वर्षभित्र उर्जा क्षेत्रमा फड्को मार्न यो रोडम्याप तयार गर्न लागिएको हो । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले उर्जा विकास दसकको रोडम्याप बनाउन मन्त्रालयले अहिल शोध गरिरहेको बताउनुभएको छ । शुक्रबार अमेरिकन चेम्बरका प्रतिनिधि मण्डलसँग भेटघाटका क्रममा मन्त्री बस्नेतले […]

हलगोरु पाल्ने किसानलाई १० हजार

लमजुङको सदरमुकामसमेत रहेको बेँसीशहर नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन स्वरुप १० हजार रुपैयाँ अनुदान दिने भएको छ । नगरपालिकालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उदेश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको नगरपालिकाले जनाएको छ । अगामी आर्थिक वर्ष २०८०/०८१ बट नगरपालिकाभित्र रहेका हल गोरु पाल्ने किसानको तथ्यांक संकलन गर्ने र प्रोत्साहन भक्त वितरण गर्ने नगरपालिका प्रमुख गमानसिंह […]