उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ राजदुत छन् सङमार्फत जाजरकोट र पश्चिम रुकुमका भुकम्पपीडितका लागि चीन सरकारले पठाएका राहत सामाग्री बुझेका छन् । पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत आएका झन्डै ३० करोड मुल्य बराबरको सामाग्री उनले बुझेका हुन् । राहत बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले त्यसका लागि चिनियाँ सरकारप्रति कृतज्ञता जाहेर गरे । नेपाल र चीन […]
Author: Nonstop Khabar
श्रमजीवीले न्याय नपाउञ्जेल कान्तिपुर बिरुद्ध पत्रकार महासंघको आन्दोलन नरोकिने
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले कान्तिपुर मिडिया ग्रुपले कर्मचारी नियमावली र श्रमजीवी पत्रकार ऐन उल्लंगन गरी पत्रकार निकालेका कारण महासंघ त्यसका विरुद्ध उत्रिएको प्रष्ट पारेका छन् । महासंघमा बुधबार आयोजित आकस्मिक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दे अध्यक्ष पोख्रेलले कान्तिपुरले हिजो विज्ञप्तिमा के लेख्यो त्यसको पुष्टि गर्ने कुरा उसैको भएको तर कान्तिपुरले कानुन मान्नुपर्छ कि पर्दैन […]
प्रदेश सरकार नै आन्दोलनको तयारीमा, एक महिनाको अल्टिमेटम
जनकपुरधाम । मधेस प्रदेश सरकारले प्रहरी समायोजनलगायत प्रदेश प्रहरी प्रशासन र शान्तिसुरक्षासँग सम्बन्धित संविधानप्रदत्त अधिकार कार्यान्वयनका लागि ३० दिनभित्र ठोस प्रक्रिया अगाडि बढाउन र्संघ सरकारलाई आग्रह गरेको छ । आज जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गरी मुख्यमन्त्री सरोजकुमार यादवले संविधान बनेको आठ वर्ष र प्रदेश सरकार बनेको छ वर्ष भइसक्दा पनि संविधानको एकल सूचीमा रहेको पहिलो […]
पोल्याण्ड पठाइदिने भन्दै १७ जनासंग ठगी गरेको अभियोगमा भक्तपुरकी एक महिला पक्राउ
वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै १७ जनाबाट ३८ लाख ठगी गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् । काठमाण्डौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१० घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–६ रामकोट बस्ने ३९ वर्षीया सुनिता कर्माचार्य रहेकी छन् । काठमाण्डौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं […]
प्यालेष्टाइन स्वतन्त्र नभएसम्म इजरायलविरुद्ध निरन्तर आवाज उठिरहनुपर्ने नगर प्रमुखको भनाइ
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कानुनको अनभिज्ञता क्षम्य नहुने बताउँदै कर्मचारीहरुले कसैको दबाबमा काम गर्न नहुने र कानुनबमोजिम काम गरे त्रुटी नहुने प्रष्ट पारेका छन् । भक्तपुर नगरपालिकाको आयोजनामा भएको सहकारीका कर्मचारीहरुको भेलामा बोल्दै उनले समुदायमा आधारित बचत तथा ऋण सहकारी संस्थाप्रति जनताको विश्वास बढाउन समय समयमा शिक्षा र स्वास्थ्य शिविरहरु सञ्चालन गरी […]
खेलाडीलाई पुरस्कार र सम्मान : राष्ट्रिय गौरवको क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको उद्घोष
टी–२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा राष्ट्रिय क्रिकेट खेलाडीलाई सम्मान तथा अघिल्ला प्रतियोगिताहरुमा घोषणा गरिएको पुरस्कार प्रदान गरिएको छ । लामो समयदेखि घोषणा भएर पनि निकासा हुन् नसकेको रकम प्रदान गर्दै प्रधान मन्त्री प्रचण्डले खेलाडीलाई हौसला र सम्मान समेत गरेका छन् । उक्त कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएको प्रति सन्तोष व्यक्त […]
प्रधानमन्त्री राहत कोषमा काँग्रेसको ५० लाख
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा नेपाली काँग्रेस पार्टीले ५० लाख रुपैयाँ सहयोग गरेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहितको पदाधिकारीहरुको एक प्रतिनिधि मण्डलले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटी चेक हस्तान्तरण गरेको हो । काँग्रेसले भूकम्प पछिको उद्दार, राहत, पुनस्र्थापना र पुनर्निर्माणका लागि ९ बुँदे सुझाव पेश गर्दै सरकारको […]
पर्वतमा साहित्यकार पन्तलाई सम्मान
पर्वत । लायन्स क्लव अन्तर्राष्ट्रय डिस्ड्रिक्ट ‘३२५ के’ पर्वत चौतारीको समन्वयमा त्यहाँ अवस्थित शिवालय, कुश्मा सिटी, ब्रिज सिटी, मोदीकाली, कालीगण्डकी लायन्स क्लवहरूसमेतले पुरानो पर्वत लायन्स क्लव जिल्ला ३२५ तथा हालको हिमालयन लायन्स क्लव अफ न्यूईगंलेन्ड डिस्ट्रिक्ट ३३ के, का संस्थापक अध्यक्ष लायन महेश्वर पन्तलाई एक समारोहबीच स्वागत तथा सम्मान गरेका छन् । उक्त समारोहमा नरवुड […]
भाइटीकाको उत्तम साइत सार्वजनिक
आजको एकसातामा यो वर्षको भाइटीका परेको छ । तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिका दिन पर्ने भाइटीका यो वर्ष २९ गते बुधवार परेको हो । दाजुभाइलाई दिदीबहिनीले स्नेहपूर्वक पूजा गरी सप्तरंगी टीका लगाइदिने यो पर्वले आयू आरोग्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ । भाइटीकाको लागि यो वर्ष कार्तिक २९ गते बुधवार बिहान […]
फलेवासमा ‘उडेका पैताला’
सिर्जना र साहित्यका माध्यमबाट पर्यटन प्रवर्द्धनमा जोड दिने उद्देश्यका साथ कालीभक्त पन्त स्मृति प्रतिष्ठान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय सांस्कृतिक समिति र अनेसास नेपाल च्याप्टरको आयोजनामा दुई दिने ‘पर्वत फलेवास पर्यटकीय संस्कृति एवं काव्ययात्रा’ सम्पन्न भएको छ । उक्त कार्यक्रममा अनेसास बोस्टन च्याप्टरका अध्यक्ष, तथा अनेसास केन्द्रीय संस्कृति समितिका संयोजक साहित्यकार महेश्वर पन्तको कवितासङ्ग्रह “उडेको […]











