पोल्याण्ड पठाइदिने भन्दै १७ जनासंग ठगी गरेको अभियोगमा भक्तपुरकी एक महिला पक्राउ

वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै १७ जनाबाट ३८ लाख ठगी गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् । काठमाण्डौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१० घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–६ रामकोट बस्ने ३९ वर्षीया सुनिता कर्माचार्य रहेकी छन् । 

काठमाण्डौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए अनुसार पक्राउ परेकी कर्माचार्य समेतले मदनराज मोक्तानसमेत १७ जनालाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाइदिने तथा त्यसका लागि प्रतिव्यक्ति आठ लाख लाग्ने, पोल्याण्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने भनी विश्वास दिलाई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

पक्राउ परेकी कर्माचार्यलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौँ पठाइएको प्रवक्ता रेग्मीले जानकारी दिए ।

Loading...