खेलाडीलाई पुरस्कार र सम्मान : राष्ट्रिय गौरवको क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको उद्घोष

टी–२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा राष्ट्रिय क्रिकेट खेलाडीलाई सम्मान तथा अघिल्ला प्रतियोगिताहरुमा घोषणा गरिएको पुरस्कार प्रदान गरिएको छ । लामो समयदेखि घोषणा भएर पनि निकासा हुन् नसकेको रकम प्रदान गर्दै प्रधान मन्त्री प्रचण्डले खेलाडीलाई हौसला र सम्मान समेत गरेका छन् ।

उक्त कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएको प्रति सन्तोष व्यक्त गर्दै उत्कृष्ट रंगशाला बनाउने प्रतिवद्धता पनि प्रकट गरेका छन् । उनले क्रिकेट रंगशाला निर्माणको कामलाई तीव्रता दिन क्रिकेट रंगशाला निर्माणको कामलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी काम गरिने उद्घोष गरे ।

प्रधानमन्त्रीले भने, “क्रिकेट रंगशालालाई छिट्टै राष्ट्रिय गौरवको आयोजनाको रुपमा घोषणा गर्छौं। र काम अगाडि बढाउँछौं । भरतपुर, मुलपानी र कीर्तिपुरको काम अगाडि बढाइन्छ। यसरी मात्र आम नेपाली जनसमुदायको भावनाको सम्बोधन गर्न सकिन्छ। ”

क्रिकेट आफूले पनि हेर्ने गरेको भन्दै उनले क्रिकेटमा नेपालले राम्रो गर्दै गएको बताए ।क्रिकेटप्रति नेपाली जनता र युवाको क्रेज देखिएको छ” प्रधानमन्त्रीले भने , “यो क्रेजले सरकारलाई पनि उत्प्रेरित गरेको छ ।”

“हामीले घोषणा गरेको पुरस्कार बितरणमा अलि ढिलो भयो, मलाई पनि अलि नमीठो लागेको छ।” प्रधानमन्त्रीले भने, “हाम्रो केही कानुनी र प्रक्रियागत समस्याहरु छन् । त्यसले पनि ढिलो हुन गयो। आगामी दिनमा त्यस्तो नहोस् भन्नेमा अब सरकारले सचेतता अपनाउने छ । टी–२० विश्वकपमा छनोटको पुरस्कार पनि छिटै बितरण गरिनेछ।”

कार्यक्रममा नेपाली क्रिकेट टीमका क्याप्टेन रोहित पौडेल सरकारले क्रिकेट खेललाई दिएको महत्वबाट आफूहरु उत्साहित भएको बताए ।
क्याप्टेन पौडेलले भन्नुभयो, “यो महत्वपूर्ण सम्मानका लागि प्रधानमन्त्री र नेपाल सरकारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। नेपाल सरकारले क्रिकेट खेललाई उच्च प्राथमिकता दिएकोमा खुसी छौं ।”

Loading...