अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोख्रेलले प्रदेशमा रहेर पनि नेपालमा परोपकारी तथा सामाजिक सेवामा लागेको अष्ट्रेलिया सामाजिक सञ्जाल रुपन्देहीको कामप्रति खुसी व्यक्त गरेका छन् । रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाको अष्ट्रेलियाको सिड्नीमा सम्पन्न चौथो अधिवेशनका अवसरमा राजदूत पोख्रेलले पर्यटन, स्वास्थ्या, शिक्षा र प्राकृतिकविपदको समयमा नेपाल र अष्ट्रेलियामासञ्जालले गरेको परोपकारी सामाजिककार्य प्रतिखुसीव्यक्त गरेका हुन् । उनले कामको […]
Author: Nonstop Khabar
देशैभरका शाखा मार्फत पत्रकार महासंघले कान्तिपुरलाई १ रुपैयाँ चन्दा अभियान चलाउने
कान्तिपुरमा देखिएको श्रम समस्याका बारेमा जारी संघर्षको कार्यक्रम अन्तर्गत आज नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि छलफल भएको छ । छलफलमा सहभागीहरुले ऐन बनेको ३ दसक बित्दा पनि कार्यान्वयन नहुँदा पटक पटक समस्या देखिने गरेको बताए । महासंघका कोषाध्यक्ष कलेन्द्र सेजुवालले सरकारले ऐन कार्यान्वयन गराउन उदासिन भएको बताए । कान्तिपुरको श्रम […]
दुर्गा प्रसाईको दुखेसो : उपत्यकाले साथ दिएन
गणतन्त्र बिरोधी भनिएका अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईले आफ्ना समर्थकलाई काठमाडौंको सिफलमा सम्बोधन गरेका छन् । भक्तपुरको थिमिस्थित निवासबाट प्रहरी स्कर्टिङ्ग सहित सिफल पुगेका उनले त्यहाँस्थित विरोध सभालाई सम्बोधन गरेका हुन्। बिहीवार बल्खुमा प्रदर्शन गरेको प्रसाई समूहले शुक्रवार तीनकुनेमा प्रदर्शन गर्न खोजेपनि स्थानीय प्रशासनले अवरोध गर्यो र प्रसाई घर बाट बाहिर निस्किएनन । शनिवार […]
आर्थिक वर्षको चौमासिक सकिँदा समेत चन्द्रनगरले ल्याउन सकेन नीति तथा कार्यक्रम र बजेट
सर्लाहीको चन्द्रनगर गाउँपालिकाले चालु आर्थिक वर्षको ४ महिना पुरा हुँदा समेत वार्षिक बजेट, नीति तथा कार्यक्रम ल्याउन सकेको छैन ।चालु आर्थिक वर्षको पहिलो चौमासिक पुरा हुँदा समेत गाउँपालिका अध्यक्ष र उपाध्यक्ष एवं गाउँपालिकाका जनप्रतिनिधिहरुको विवादका कारण वार्षिक बजेट,नीति तथा कार्यक्रम आउन नसकेको हो । चन्द्रनगर गाउँपालिका,गाउँकार्यापालिकामा १५ जना जनप्रतिनिधिहरु रहेका भएपनि १२ जना जनप्रतिनिधिहरु गाउँपालिका […]
गायिका एवं एमाले नेतृ वलीलाई मातृशोक
पूर्व सञ्चारकर्मी एवं गायिका समेत रहेकी राष्ट्रिय सभाको पूर्व सदस्य तथा नेकपा एमालेकी नेतृ कोमल वलीलाई मातृशोक परेको छ । उनकी आमा दीपा वलीको ८२ वर्षको उमेरमा शनिबार निधन भएको हो । दीपा लामो समयदेखि हड्डीमा क्याल्सियमको कमी हुने रोगबाट ग्रसित थिइन् । ललितपुरस्थित अल्का अस्पतालमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक श्रोतले पुष्टि गरेको […]
दिल्ली पुगे सांसद थापा
भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापा भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । आफ्नो स्वास्थ्य उपचारका लागि उनी बिहीबार हवाई मार्ग हुँदै नयाँ दिल्ली पुगेका हुन् । […]
धनीलाई धेरै धनी र गरिबलाई धेरै गरिब बन्न नदिने सरकारको रणनीति रहेको खुलासा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू राष्ट्रिय बिभुती शंखधर शाख्वाबाट प्रेरित रहेको प्रष्ट पारेका छन् । उनकै पदचाप पछ्याउदै आफूले प्रथम पटक प्रधानमन्त्री हुँदा सबै साना किसानको ३० हजार ऋण मिनाहा गरेको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले जनहितमा सकेजति सबै काम गर्ने सिलसिला जारी रहेको प्रष्ट पारेका हुन् । नेपाल सम्बत ११४४ शुभारम्भको अवसरमा थिमिको शंखधर चोकमा […]
टिकटक बन्द गर्ने सरकारको निर्णय
सरकारले सामाजिक संजाल टिकटकलाई बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बठक सो निर्णय गरेको हो । […]
भक्तपुरमा होन्डा किन्ने ग्राहकले स्क्र्याच कुपनबाट जिते १० लाख
होण्डा मोटरसाइकलले ल्याएको चाडपर्व लक्षित उपहार योजना “दशैंमा १० लाख” अन्तर्गत भक्तपुरको गठ्ठाघरमा होन्डा मोटरसाइकल किन्ने ग्राहकलाई उक्त पुरस्कार परेको छ । खरीदमा पाएको स्क्र्याच कुपनबाट उनले १० लाख रुपैया जितेका छन् । कम्पनीले जनाए अनुसार १० लाख रुपैयाँ हात पार्नेमा गोकुल लामिछाने परेका छन् । गठ्ठाघरस्थित मेट्रो अटो सेन्टरबाट होन्डा ग्राजिया खरीद गर्दा लामिछानेले […]
हिन्दी गीत संगीत र चलचित्रबाट नेपाललाई खतरा रहेको भक्तपुरका मेयरको भनाइ
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले हिन्दी भाषाबाट नेपाललाई खतरा रहेको दावी गरेका छन् । हिन्दी गीत संगीत र चलचित्रले नेपालमा खतरा निम्त्याइरहेको उनले दावी गरेका हुन् । बिहीवार कमलविनायकस्थित ईष्ट प्वाइण्ट स्कूलमा देउसी भैलो प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख प्रजापतिले भने, “संसारमा कुनै पनि देशलाई आक्रमण गर्नुभन्दा अगाडि सांस्कृतिक अतिक्रमण शुरु हुन्छ । अनिमात्र भौतिक […]











