टिकटक बन्द गर्ने सरकारको निर्णय

सरकारले सामाजिक संजाल टिकटकलाई बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बठक सो निर्णय गरेको हो ।                                                                                             सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले टिकटक बन्द गर्ने निर्णय भएको पुष्ठि गरेकी छन् । टिकटकबाट  पारिवारिक संरचना, सामाजिक सद्भाव र वातावरणलाई खल्बल्याउने गतिविधि बढेको ठहर गर्दै सरकारले सो निर्णय लिएको प्रवक्ता शर्माले प्रष्ट पारिन् ।                                                                      सरकारले तुरुन्तै निर्णय कार्यान्वयन गराउने र त्यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन समेत दिइसकेको बताइएको छ । नेपाल दुरसञ्चार प्राधिकरण र ईन्टरनेट सर्बिस प्रोभाइडर(आइएसपी) संग समन्वय गरि सरकारको निर्णय कार्यान्वयनमा अघि बढ्ने सरकारको प्रवक्ता समेत रहेकी मन्त्री शर्माले बताइन् ।