भक्तपुरमा होन्डा किन्ने ग्राहकले स्क्र्याच कुपनबाट जिते १० लाख

होण्डा मोटरसाइकलले ल्याएको चाडपर्व लक्षित उपहार योजना “दशैंमा १० लाख” अन्तर्गत भक्तपुरको गठ्ठाघरमा होन्डा मोटरसाइकल किन्ने ग्राहकलाई उक्त पुरस्कार परेको छ । खरीदमा पाएको स्क्र्याच कुपनबाट उनले १० लाख रुपैया जितेका छन् ।

कम्पनीले जनाए अनुसार १० लाख रुपैयाँ हात पार्नेमा गोकुल लामिछाने परेका छन् । गठ्ठाघरस्थित
मेट्रो अटो सेन्टरबाट होन्डा ग्राजिया खरीद गर्दा लामिछानेले स्क्र्याच कुपन मार्फत रु १० लाख जितेका कम्पनीले जानकारी गराएको हो ।

गठ्ठाघरस्थित मेट्रो अटो सेन्टरका संचालक गोकुल सिग्देलले आफ्ना ग्राहक लामिछानेले १० लाख जितेको पुष्टि गरेका छन् । उपहार योजनाको मूख्य उपहार आफ्नै ग्राहकले हात पार्दा उनले प्रसन्नता प्रकट गरे । १० लाख उपहार पर्ला भन्ने नसोचेको प्रतिक्रिया दिएका पुरस्कार बिजेता गोकुल लामिछाने कुपन स्क्र्याच गर्दा १० लाख परेपछि दंग देखिएका छन् ।

Loading...