दिल्ली पुगे सांसद थापा

भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापा भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । आफ्नो स्वास्थ्य उपचारका लागि उनी बिहीबार हवाई मार्ग हुँदै नयाँ दिल्ली पुगेका हुन् ।                                                                                                                                 सांंसद थापाका स्वकीय सचिव सुभासिष ढकालले जनाए अनुसार त्यहाँस्थित मेदान्त अस्पतालमा उपचारका लागि थापा दिल्ली पुगिसकेका छन् । उनलाई त्रिभुवन बिमानस्थलमा बिदाइ गर्न मध्यपुर थिमिका मेयर सुरेन्द्र श्रेष्ठ लगायत कांग्रेसका नेताकार्यकर्ता बिमानस्थल पुगेका थिए ।                                                                                                                                     उनी पछिल्लो समय मेरुदण्ड र नसा सम्बधित रोग AVN Pelvis को समस्याले ग्रसित छन् । भक्तपुरको मध्यपुर अस्पताल र काठमाडौको वीर अस्पतालको ट्रमा सेण्टरमा उपचार गराउदा पनि स्वास्थ्यमा उल्लेख्य सुधार हुन नसक्दा सांसद थापाको परिवार र शुभचिन्तक चिन्तित छन् । केहि महिना अघि प्रतिनिधि सभालाई समेत सभामुख देवराज घिमिरेले सांसद थापा अस्वस्थ रहेको जानकारी गराएका थिए ।                                                                                           चिकित्सकले मेदान्तमा उपचार गराउन सिफारिस गरेपछि परिवारले थप उपचारका लागि उनलाई दिल्ली पुर्याएको हो । आराम गर्न आवश्यक भएपनि बिभिन्न सामाजिक काम र कार्यक्रममा ब्यस्त बन्नुपर्दा सांसद थापाको स्वास्थ्यमा सुधार हुन नसकेको पारिवारको गुनासो छ । सांंसद थापा निर्वाचित भए लगत्तै बिरामी परेपछि उनको सक्रियतालाई लिएर बिपक्षीहरुले कटाक्ष गर्न थालेपछि उनलाई आराम गर्ने अवसर प्राप्त हुन सकेको छैन ।

Loading...