सय मिलियनको राहत सामाग्री पठाउँदै छिमेकी मित्र राष्ट्र चीन

छिमेकी राष्ट्र चीनले भूकम्प प्रभावित क्षेत्रका लागि सय मिलियन रुपैया बराबरको राहत सामग्री उपलब्ध गराउने घोषणा गरेको छ। नेपालका लागि चिनियाँ राजदूत छन सङले सामाजिक सञ्जालमार्फत् सो घोषणा सुनाएका हुन् ।

चीनले नेपाललाई भूकम्प प्रभावित क्षेत्रमा बाड्न टेन्ट, कम्बललगायत अत्यावश्यकीय सामग्री उपलब्ध गराउने र ती सामान दुई दिनमै नेपाल आइपुग्ने उनले प्रष्ट पारेका छन् ।

नेपाललाई तत्काल सहायता स्वरुप सय मिलियन बराबरको राहत सामाग्री उपलब्ध गराउने जानकारी गराएका राजदूत सङले अन्य सहयोगको लागि पनि चीन सरकार तयार रहेको उल्लेख गरेका छन् ।

Loading...