भूकम्पका कारण माओवादी केन्द्रको जनपरिचालन कार्यक्रम स्थगित

नेकपा (माओवादी केन्द्र)ले पूर्वनिर्धारित जनपरिचालन कार्यक्रम स्थगित गरेको छ । काठमाडौँमा आगामी मंसिर २२ गते गर्न लागेको उक्त कार्यक्रम स्थगित गरिएको हो ।

पार्टीको आइतबारबसेको पदाधिकारी बैठकले जनपरिचालन कार्यक्रम स्थगित गर्ने निर्णय गरेको महासचिव देव गुरुङले जानकारी दिएका हुन् । जाजरकोट भूकम्पका कारण देश प्राकृतिक प्रकोपको बिपत्तीसंग जुध्नुपरेकाले कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको महासचिव गुरुङले जानकारी दिएका छन् ।

तीनमहिने पार्टी रूपान्तरण अभियानमा रहेको माओवादी केन्द्रले जनपरिचालनका लागि अध्यक्ष प्रचण्ड लगायतका शिर्ष नेताहरुले जनतासंग जोडिन मार्गनिर्देशन गर्न उदेश्यले आगामी मंसिर २२ गते राजधानीमा विशेष कार्यक्रम तय गरिएको थियो ।

Loading...