एकाविहानै पाचँखालमा आगलागी, ४ वटा कपडा पसल आधा घण्टामै खरानी

शुक्रबार बिहान काभ्रेको पाचँखालमा आगलागी हुँदा ७२ लाख बराबरको क्षति भएको छ ।  बिहान करिब सबा ६ बजेको समयमा समाजकल्याण चोक स्थित  उद्धवप्रसाद तिमलसिनाको घरमा अचानक आगलागी भएको हो ।                       

घरको सटरमा अचानक विद्युत सर्टभई आगोलागी हुदा सोहि घरमा रहेको ९ सटरमा क्षती पुगेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रहेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । आगोलागीबाट ४ वटा कपडा पसल पुर्ण रुपमा जली नष्ठ भएको छ भने ३ वटा होटल, १ मोबाईल पसल,र १ मासु पसलमा अंाशिक क्षति पुगेका उनले जनाएका छन् ।                                                           

खबर प्राप्त हुनासाथ नेपाल प्रहरी, ससस्त्र प्रहरी र स्थानीय आगो  नियन्त्रणमा जुटेका थिए । बारुण यन्त्रको प्रयोग गरि करिब पौने घण्टा भित्र आगो नियन्त्रणमा लिइएको भएपनि आर्थिक क्षति रोक्न सकिएन । घटनामा मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ।

Loading...