भूकम्पले जाजरकोटमा ठूलो क्षति, घटनास्थल पुगे प्रधानमन्त्री प्रचण्ड

जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका रामिडाडा केन्द्र विन्दु भएर गएराती मध्यरातमा गएको ६.४ म्याग्निच्यूटको भूकम्पमा परी कम्तीमा १ सय जनाको ज्यान गएको छ भने अन्य सयौं मानिस घाइते भएका छन् ।

भूकम्पमा परि नलगाड नगरपालिकाकी उप प्रमुख सरिता सिंहसहित सय जनाले ज्यान गुमाएका छन् भने घाइतेहरुको उद्धार र उपचारमा कमी हुन नदिन प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड उक्त क्षेत्रका सांसद एवं क्याबिनेटका मन्त्री शक्ति बहादुर बस्नेतलाई लिएर चिकित्सकको टोली सहित जाजरकोट पुगेका छन् ।

घाइतेहरूको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई सुर्खेत,नेपालगन्ज र काठमाडौमा उपचार ब्यवस्था मिलाइएको सरकारले जनाएको छ ।

मानवीय क्षती संगै भुकम्पको कारण ठुलो भौतिक क्षती भएको छ । रातभर सर्व साधारणले सडक, विद्यालयका प्राङ्गण र खेतखलियानमा रात कटाएका छन् ।

Loading...