विषाक्त धुवाँले नयाँदिल्लीका विद्यालय बन्द

भारतको राजधानी नयाँदिल्ली लाई विषाक्त धुवाँले दुख दिएको छ । धुवाँको प्रकोपबाट बच्न दुईदिन विद्यालय बन्द गरिएको छ ।

नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार राजधानीका सबै प्राथमिक विद्यालय कम्तीमा दुई दिनका लागि बन्द रहने घोषणा गरेका थिए ।

विषाक्त धुवाँले नयाँदिल्लीका तीन करोड बासिन्दाको जीवन कष्टपूर्ण बनेको स्थानीय संचार माध्यमले बताइरहेका छन् ।सवारी साधन र कारखानाको धुवाँका साथै किसानले जलाएको परालको धुवाँले पनि जाडोयाममा राजधानी नयाँदिल्लीलाई घातक धुवाँमय शहर बनाइदिने गरेको छ ।

आज शुक्रबार हावामा सबैभन्दा खतरनाक पिएम २.५ कणहरूको स्तर विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको भन्दा दैनिक ३५ गुणा अधिक थियो । पिएम २.५ कण रक्त प्रवाहमा प्रवेश गर्नसक्ने अति सानो कण मानिन्छ ।

Loading...