आज शुक्रबार र भोलि शनिबार भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाइदै

सरकारले ६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउँदैछ । आज शुक्रबार र भोलि शनिबार दुई दिन सरकारले भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी निशुल्क खुवाइरहेको हो।

भिटामिन ‘ए’ र जुकाको औषधी नजिकैको स्वास्थ्य संस्था वा केन्द्रबाट महिला स्वास्थ्य स्वयंसेविकामार्फत् खुवाउन सकिने जनस्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ।

सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधी खुवाउन शुरु गरेको हो । प्रत्येक आर्थिक वर्ष कात्तिक र वैशाखमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी निःशुल्क खुवाउने गरिन्छ ।

Loading...