काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ का सन्दर्भमा हुन सक्ने सम्भावित तथा अनपेक्षित घटनाहरूको प्रभावकारी व्यवस्थापनका लागि बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले उच्च तयारी अपनाएको छ । मन्त्रालयले प्रदेशका १३ वटै प्रादेशिक अस्पताल तथा सम्बन्धित निकायलाई उच्च तयारी अवस्थामा रहन समेत निर्देशन दिएको छ। सबै प्रादेशिक अस्पतालहरू २४ घण्टा तयारी अवस्थामा रहने, निर्वाचन केन्द्रीत मेडिकल टास्क […]
Author: Nonstop Khabar
भक्तपुरमा इन्सास राईफलसहित युवक पक्राउ
भक्तपुर । भक्तपुरमा अबैध हतियारसहित एक युवक पक्राउ परेका छन् । गोरखाको पालुङटार-९ घर भई हाल सूर्यविनायक नगरपालिका वडा नं. ८ भुम्डोल बस्ने ३१ वर्षिय आयन सेढाई पक्राउ परेका हुन् । मंगलबार बिहान ९ बजे A8896 नम्बरको इन्सास राईफल सहित उनलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रकाश जबेगुले पुष्टि गरे । सेढाईको […]
भक्तपुर-२ मा रास्वपा आशावादी, एमाले काँग्रेस ढुक्क
संजीप घिमिरे, भक्तपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुर– २ मा स्थानीयको मात्र नभई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय चासो रहेको छ। पूर्वमन्त्रीसमेत रहेका नेकपा (एमाले) का सचिव महेश बस्नेत उम्मेदवार रहेका कारण यो क्षेत्र चर्चामा छ। जेन–जी बिद्रोहपछि तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो गृहनगर सूर्यविनायक–७ गुण्डुमा आश्रय दिएर राजनीतिमा पुनस्र्थापित गर्न सफल बस्नेतको […]
भक्तपुर भ्रष्टाचारमुक्त : बिजुक्छें
भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष वरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छें रोहितले भक्तपुर नगरपालिका देशकै एकमात्र भ्रष्टाचारमुक्त पालिका भएको दावी गरेका छन् । सोमबार भक्तपुरको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष विजुक्छेंले भने, ”नेमकिपाको नेतृत्व भएकोले भक्तपुर नगरपालिकामा एकपैसा पनि घुसको लेनदेन हुँंदैन ।” आफ्नो पार्टीको नेतृत्व निर्वाचित भएकोले भक्तपुरमा भ्रष्टाचार नभएको उनको भनाइ […]
महेश बस्नेतलाई स्वतन्त्र उम्मेदवारको समर्थन
भक्तपुर । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका नवीनकुमार महतले नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई समर्थन जनाएका छन् । उम्मेदवार महतले आफ्नो उम्मेदवारी फिर्ता लिदैं एमाले उम्मेदवार महेश बस्नेतलाई समर्थनको घोषणा गरेका हुन् । सूर्यविनायक नगरपालिका-१ सिरुटार बिरुवामा एमालेको प्रचारप्रसारमा समेत उनी देखिए । नेपाल एकता पार्टीका सस्थापक प्रवक्ता समेत […]
राष्ट्रिय स्वाधिनता खतरामा छ : पूर्व सभामुख सापकोटा
भक्तपुर । पूर्व सभामुख एवं नेपाली कम्युनिष्ट पार्टीका नेता अग्निप्रसाद सापकोटाले राष्ट्रियता र राष्ट्रिय स्वाधिनता खतरामा रहेको बताएका छन् । शनिवार भक्तपुर–२ मा नेकपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, “अहिले आत्मनिर्णयको अधिकार खोसिएको छ र पार्टीहरुको हातमा पहलकदमी छैन, नेकपा त्यसलाई पुनस्र्थापित गर्न नेतृत्वदायी भूमिका निभाइरहेको छ ।” देशमा भदौं २३ र २४ भन्दा […]
राष्ट्रब्यापी चित्रकला प्रतियोगिता सम्पन्न, बिष्ट बने प्रथम
भक्तपुर । राष्ट्रिय युवा परिषदले राष्ट्रब्यापी चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । परिषदले ११ औं स्थापना दिवसको अवसर पारेर बुधवार प्रतियोगिता सम्पन्न गरेको हो । सानोठिमीस्थित परिषद प्रांगणमा सम्पन्न प्रतियोगितामा खुला सूचनाका आधारमा प्रारम्भिक छनौटमा परेका १४ जना युवा चित्रकारले सहभागिता जनाएका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले जानकारी गराएका छन् । प्रतियोगीहरुले “समृद्ध नेपालका लागि […]
याङ्गोले दियो १०० राइडरलाई हेलमेट, ज्याकेट र ट्राउजर
काठमाडौँ । इड्राइभ नेपाल र फच्र्यून ब्रिजले स्कुटर राइडरहरुलाई सडक सुरक्षा र ट्राफिक नियमको सम्बन्धमा अभिमुखिकरण गरेको छ । मङ्गलबार भक्तपुरमा इड्राइभ नेपाल र फच्र्यून ब्रिजका १०० जना राइडरहरुलाई अभिमुखिकरण गरिएको हो । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीको प्रमुख आतिथ्यता र इड्राइभ नेपालका अध्यक्ष राजेश मास्केको अध्यक्षतामा भएको कार्यक्रममा […]
दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
काठमाडौं । मंगलबार नेप्से परिसूचक २१.६२ अंकले बढेको छ । बजार २६३८.६० अंकमा पुगेर बन्द भएको छ । ३२८ वटा कम्पनीको सेयर कारोबार भएको छ ।४३ हजार ९३ पटकको कारोबार हुँदा ९३ लाख ६४ हजार ९३८ कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ४ अर्ब २३ करोड २४ लाख रुपैयाँ पुगेको छ । […]
निर्वाचन जनताको चेतनास्तर नाप्ने ब्यारोमिटर : प्रेम सुवाल
भक्तपुर । नेपाल मजदुर किसान पार्टी(नेमकिपा) का सचिव एवं भक्तपुर-१ का उम्मेदवार प्रेम सुवालले फागुन २१ को निर्वाचन जनताको चेतनास्तर नाप्ने ब्यारोमिटर भएको बताएका छन् । निर्वाचनबाट जनताले देशभक्त र देशघाती छुट्याउनसक्नुपर्नेमा जोड दिदै उनले सोकुरा बताएका हुन् । सोमबार पत्रकार साक्षात्कार कार्यक्रमलाई कमलविनायकमा सम्बोधन गर्दै सुवालले नेमकिपाबाट १ सय २० क्षेत्रमा प्रत्यक्ष उम्मेदवार र […]











