दाता सम्मेलन गरी पुनर्निर्माणका लागि छुट्याएकाे सवा खर्ब आफूखुसी खर्च

Earthquake-Nepal

काठमाडौ, २५ असार । भूकम्पपछिको पुनर्निर्माणका लागि दाता सम्मेलनमा घोषणा गरिएको १ खर्ब २० अर्ब रुपैयाँ विभिन्न राष्ट्रले आफूखुसी खर्च गरेको पाइएको छ । दुई वर्षअघि भएको दाता सम्मेलनमा घोषणा गरिएको ४ खर्ब १० अर्बमध्ये १ खर्ब २० अर्ब रुपैयाँ बराबरको रकम अर्थ मन्त्रालयसँग सम्झौता गरेर सोझै खर्च गरिरहेको पाइएको हो । भूकम्पपछिको पुनर्निर्माणका लागि […]

चीन र भारतबीच चिसियाे सम्बन्ध । सीमामा तनाव अझै बढ्दाे

China-India Relation

दुर्इ देशकाे सीमा क्षेत्रबाट अाइरहेका दिनहुँका झडपका घटना बढ्दै गएपछि चीन र भारतकाे सम्बन्ध अझै चिसिएकाे छ । सिक्किमकाे नाथूला नाकादेखि चीन, भुटान र भारत तीन देशकाे सीमा रहेकाे डाेकलाङ क्षेत्रमा बढ्दाे तनावपछि चीनले भारत भ्रमण गर्ने अाफ्ना नागरिकलार्इ सचेत रहन यात्रा अलर्ट जारी गरेकाे छ ।  चिनियाँ विदेश मन्त्रालयले यसलार्इ यात्रा अलर्ट नै नभने […]

भिमदत्तको कमाण्डमा ३००को फाैज लिएर हामी भारत र नेपालको सेनासँग लड्याै

Bhimdatta Pant

(भिमदत्त पन्त नेपालकाे किसान अान्दाेलनका एक चर्चित क्रान्तिकारी याेेद्धा हुन् । तत्कालीन राणा शासन विरुद्ध लडेका पन्त २००७ सालमा नयाँ दिल्लीमा भएकाे त्रिपक्षीय सम्झाैताबाट विद्राेह गरी क्रान्तिलार्इ निरन्तरता दिन गएका थिए । पश्चिम नेपालमा किसान अान्दाेलन उठान गरेर नेपाल र भारतीय सेनाका विरुद्ध सशस्त्र युद्ध लडेका भिमदत्तकाे फाेजका एक सदस्य हुन् पूर्णबहादुर राेका । डडेल्धुराकाे […]

बाजुरामा सेनाले विद्यार्थीलाई सैनिक तालीम दिँदै हिड्न थालेपछि

Nepal-Army

बाजुरा, २४ असार । बाजुरामा नेपाली सेनाले विद्यार्थीलार्इ सैनिक तालिम दिन थालेकाे छ । जिल्लाभरका ७२ जना विद्यार्थीलाई जम्मा गरेर सेनाले एक सय दिनको स्वयमसेवक तालीम दिन थालेपछि यसबारे जिल्लामा व्यापक चर्चा परिचर्चा सुरु भएकाे छ । समरजित गुल्मले जिल्लाका मालिका उच्च मावि, कन्भर्स एकेडमी र बडिमालिका बोडिङ स्कुलका गरी ७२ जना छात्रछात्रालाई स्वयम्सेवक तालीम […]

अमेरिकी राष्ट्रपति ट्रम्प पत्नी मेलानी प्रदर्शनकारीको घेराबन्दीमा

ह्याम्वर्ग । जर्मनीको ह्याम्बर्गमा जी–२० विरुद्ध प्रदर्शन गर्नेहरूले अमेरिकी प्रथम महिला मेलानी ट्रम्पलाई शुक्रबार उनको आवासगृहमै घेराबन्दीमा पारेका छन् । राजनीतिक नेताका श्रीमतीका लागि उत्तरी जर्मनीमा आयोजित छोटो एउटा कार्यक्रममा उनीहरू सहभागी भएको ट्रम्पका प्रवक्ताले जानकारी दिए । “हम्बर्गको प्रहरीले उहाँ बसेको आबास गृहबाट उनीहरूलाई सजिलैसँग हटाउन सकेन,” उनका प्रवक्ता स्टेफन ग्रिशामले भने । जलवायु […]

जी–२० सम्मेलनमा ट्रम्प र पुटिनबीचको पहिलो भेट

trump-putin

ह्यामवर्ग । जर्मनीको हैम्बर्गमा भइरहेको जी २० शिखर सम्मेलनका अवसर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनबीच पहिलो भेट भएको छ । लामो समयदेखि चिसो सम्बन्ध रहँदै आएका दुई देशका प्रमुखहरुबीचको यो भेटलाई विश्वभर चासोपूर्वक हेरिएको छ । विश्वकै ध्यान खिचेको उनीहरूको पहिलो भेटमा दुई नेताले हात मिलाएका र केही शब्दको आदान प्रदान […]

नेपालबाट कतारको श्रमस्वीकृति लिने ४ गुणा घटे

काठमाडौं । छिमेकी देशहरूले कतारसँग कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गरेसँगै कतार जान श्रमस्वीकृति लिने नेपालीको संख्या ४ गुणाले घटेको छ । गएको ४ दिनमा कतारका लागि अन्तिम श्रमस्वीकृति लिने कामदारको संख्यामा भारी गिरावट आएको वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयले जनाएको छ । कार्यालय प्रमुख तेजराज पाण्डेका अनुसार ४ दिनअघि (बिहीबार) ४६२ जनाले कतारका लागि […]

सुरक्षाकर्मीको अाक्रमणबाट ४० विद्राेहीको मृत्यु

कायरो, २३ असार । इजिप्टको उत्तरी सिनाईमा रहेको सैनिक पोष्टमा आत्मघाती विष्फोट गराएपछि शुक्रबार सरकारी सेनाले गरेको जवाफी कारबाहीमा परी कम्तीमा ४० जना विद्रोही लडाकूको मृत्यु भएको छ । सुरक्षा कार्यालयमा भएको आत्मघाती बम हमला र गोली प्रहारमा परी कम्तीमा १० जना सुरक्षाकर्मीको समेत मृत्यु भएको थियो । “सुरक्षा कारबाहीका क्रममा ४० जना लडाकू मारिएका […]

देउवाका लागि कमल थापाकाे पावर जुटाइदिन प्रचण्डले बाेलाए बैठक

Prachanda-Deuba

काठमाडौं, २४ असार । पार्टीभित्रकाे किचलाेका कारण मन्त्रिपरिषद विस्तार गर्न नसकेका शेरबहादुर देउवाका लागि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल सक्रिय भएका छन् । अाफ्नाे पार्टीबाट मन्त्री बनाउन तम्तयार पारे पनि कांग्रेसभित्रकाे विवादका कारण मन्त्रिपरिषद पूरा गर्न नसकेका देउवाका लागि प्रचण्डले अाज कमल थापाकाे साथ जुटाइदिन एउटा बैठककाे अायाेजना गरेका छन् ।    प्रधानमन्त्री निवास बालुवाटारमा बाेलाइएकाे […]

सरकारी अधिकृतको उच्च शिक्षाका लागि जापानले नेपाललार्इ दियाे २ अर्ब ५७ करोड

काठमाडौं । जापानले सरकारी अधिकृतहरुलाई उच्च शिक्षाका लागि २ अरव ५७ करोड आर्थिक सहायता उपलब्ध गराउने भएको छ । जापानको नेपालको मानव संशाधन विकास अन्तरगत सरकारी कार्यालयको क्षमता विकास गर्ने उद्देश्यका साथ सरकारी अधिकृतहरुको उच्च शिक्षाका लागि २ अरव ५७ करोड आर्थिक सहायता उपलब्ध गराउने भएको हो । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच अर्थ […]