काठमाडौं । राजधानीको बसुन्धाराबाट एक व्यक्ति बन्दुकसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा परशुराम नगरपालिका, १ डडेल्धुराका सुरेश भण्डारी रहेका छन् । भण्डारीले बन्दुक बोकेर हिँडेको भनि आएको विशेष सुचनाको आधारमा महानगरीय प्रहरी प्रभाग बसपार्कका इन्सपेक्टर सुवास खड्का नेतृत्वको टोलीले बसुन्धाराको इसान बाल अस्पताल नजिकैबाट सोमबार साँझ पक्राउ गरेको हो । प्रहरीले भण्डारीको साथमा रहेको […]
Author: Nonstop Khabar
घरेलु मदिरा सेवन गर्दागर्दै १२ को मृत्यु
भारतको उत्तर प्रदेशमा घरेलु मदिरा सेवनबाट १२ जनाको सोमबार मृत्यु भएको छ। उत्तर प्रदेशको प्रहरीले गत बिहीबार अवैध र विषाक्त मदिरा सेवा गरेकाहरु पेट दुखेर आत्तिएको जानकारी दिएको छ। ‘बिषालु मदिरा सेवन गरेपछि १२ जनाको मृत्यु भएको छ,’ अजाम्गार्ह जिल्लाका प्रहरी प्रमुख अजय कुमार साहनीले भने। विषाक्त र अवैध मदिरा पदार्थ उत्पादनमा संलग्न भएको आभियोगमा […]
भारतसँग कुट्नीतिक वार्ता हुन नसक्ने । सेना फिर्ता गरे मात्र वार्ता हुने चीनकाे भनार्इ
काठमाडाैं । दुर्इ देशकाे विवादित सीमा क्षेत्रमा भारतीय सेना प्रवेश गरेपछि बढेकाे चीन र भारतबीचकाे दुरी अझै कम भएकाे छैन । भारतकाे उत्तरी सीमा क्षेत्रमा दिनहुँ दुर्इ देशका सेनाबीच झडप भइरहेकाे छ । यसैबीच चीनले भारतले विवादित सीमा क्षेत्रमा प्रवेश गरेका सेनालार्इ फिर्ता गरे वार्ता गर्न सकिने जनाएकाे छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता कङ […]
घाइते उद्दार गरेर फर्केको हेलिकप्टर अकस्मात सन्धिखर्कमा
अर्घाखाँची, २७ असार । आइतबार बिहान सल्यानमा बस दुर्घटना भई गम्भीर घाइते भएका बिरामीलाई थप उपचारका लागि काठमाडौँ लैजाँदै गरेको हेलिकप्टर मौसम खराबीका कारण सन्धिखर्कमा आकस्मिक अवतरण गरिएको छ। सल्यानको टुनिबोटमा बस दुर्घटना भई गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ लैजानेक्रममा मौसम खराबीका कारण अर्घाखाँचीमा सोमबार आकस्मिक अवतरण गरी घाइतेलाई उपचारका लागि अर्घाखाँची जिल्ला अस्पतालमा लगिएको जिल्ला […]
कपिल एक्कासी ढलेपछि साहरुखसहितका सबै कलाकार सुटिङ नगरी फर्किए
एजेन्सी । कपिल शर्मा भारतका चर्चित कमेडी कलाकार हुन् । उनकाे शाे भारतका धेरै कलाकार पुग्ने गरेका छन् । अाफ्ना फिल्महरुकाे प्रवर्द्धन गर्न पनि कपिलकाे शाे वलिउड कलाकारका लागि गन्तव्य बन्दै अाएकाे छ । यसैक्रममा अाफ्नाे चलचित्र प्रचार गर्नकै लागि कपिलकाे शाेमा पुगेका वलिउडका चर्चित नायक सलमान खानसहितका कलाकारहरु सुटिङ नगरेरै फर्किनु परेकाे छ । […]
एमाले र राजपाका नेताहरु एकाएक राजधानीको एक रिसोर्टमा अावासीय बैठकमा
काठमाडाैं, २५ असार । वर्तमान राजनीतिमा दुर्इ ध्रुबबाट अाफ्ना कडा अडान राखेर अापसमा विराेध गरिरहेका दुर्इ दल एकाएक गाेप्य अावासीय वार्तामा बसेकाे खबर छ । त्याे पनि राजधानीभन्दा अली कुनामा भव्य रिसाेर्टमा । एकातिर केपी अाेलीकाे नेतृत्वकाे नेकपा एमाले अर्काेतिर राजेन्द्र महताेसहितका प्रमुख मधेशी नेताहरु रहेकाे राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल । यी दुर्इ दल […]
जर्मनीमा बस्ने बास नै पाएनन ट्रम्पले
काठमाडौं, २५ असार । जी–२० शिखर सम्मेलनका लागि जर्मनीको ह्याम्वर्ग पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बस्ने होटेल नै नपाएको समाचार बाहिर आएको छ । लाखौ प्रदर्शनकारीको विरोधका बाबजुत ह्याम्वर्ग पुगेका ट्रम्पले बस्ने होटेल नपाएपछि जर्मनीको ह्याम्वर्ग संसदको गेष्ट हाउसमा रात बिताउन बाध्य भएका छन् । ह्याम्वर्ग पुगेका अन्य देशका राष्ट्रप्रमुख तथा प्रतिनिधिहरु सबै ठूला बिलासी […]
जी-२० सम्मेलनबाट ट्रम्प बहिस्कृत । एक्लियो अमेरिका
काठमाडाैं, २५ असार । जर्मनीकाे ह्याम्वर्गमा सम्पन्न जी २० शिखर सम्मेलनबाट अमेरिका एक्लिएकाे छ । विश्वका ठूला पुँजीवादी देशहरुकाे संगठन जी २० शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले दिएकाे अभिव्यक्ति पनि निकै अालाेचना भएकाे छ । ह्याम्वर्ग शिखर सम्मेलनबाट अमेरिका एक्लिनु परेपछि अहिले थुप्रै अमेरिकी बुद्धिजीवीहरुले पनि ट्रम्पकाे अालाेचना गर्न सुरु गरेका छन् । जी २० […]
बिमा समितिले बिमा शुल्क दर घटायो
काठमाडौ । बिमा समितिले अग्नी, सामुन्द्रिक तथा अन्य बिमाअन्तर्गत हुलदंगा, हड्ताल, द्वेशपूर्ण कार्य र आतंककारी तथा विध्वंसात्मक कार्यको बिमाशुल्क दर घटाएको छ । समितिले आगामी साउनदेखि लागू हुने गरी बिमाशुल्क दर घटाएको हो । समितिले विभिन्न निर्जीवन बिमाअन्तर्गत पर्ने हुलदंगा र हड्तालको बिमाशुल्क दर परिवर्तन गरेको छ । जसमध्ये भवन, वेयर हाउस तथा गोदाम, कलकारखाना, […]
पर्यटनको विकासका लागि जुर्मुराए बिमस्टेक राष्ट्रका पर्यटन व्यवसायी
काठमाडौं । खाडीका राष्ट्रहरूको संगठन बिमस्टेकका सदस्य राष्ट्रका पर्यटन ब्यबसायीहरुको पहिलो बैठक सम्पन्न भएकाे छ । भारतको नयाँ दिल्लीमा सम्पन्न भएकाे बैठकले सदस्य राष्ट्रहरुमा पर्यटन उद्याेगलार्इ बढाउन महत्वपूर्ण निर्णय गरेकाे छ । बैठकले बिमस्टेकका सदस्य राष्ट्रहरुको साझा टुर प्याकेज बनाउने, बिमानस्थलमा अतिथि सत्कार डेस्क राख्ने, बिमस्टेक टुर अपरेटर्स नेटवर्कको वेबसाइट बनाउने र क्षेत्रीय पर्यटन गतिबिधि […]











