सीमाना कुरेका गोर्खा सैनिकका कमाण्डर भन्छन्- भारतले ठोक भन्दैमा चीनसँग लडिदैन

काठमाडौं, १२ साउन । भारतले चीनसँगको विवादित सीमा क्षेत्र डोकलाममा गोर्खा सैनिकलाई पठाएको छ । चिनियाँ सेनाले पेल्दै अघि बढेपछि भारतले सिक्किमको उक्त विवादित क्षेत्रमा पहिलो पटक ६ हजार गोर्खा सैनिकहरुलाई पठाएको छ ।

भारतीय संचारमाध्यमहरुका अनुसार गोर्खा रेजिमेन्टका ६ हजार सैनिकहरुलाई त्यसतर्फ परिचालन गर्ने सरकारले निर्णय गरेको छ । चीनले आफू पछि नहट्ने सङ्केत गर्दै भारतलाई युद्धको लागि तयार हुन सङ्केत गरेपछि भारत तनावमा छ । चिनियाँ पक्षले भारतलाई दुई विकल्प दिएको छ । पहिलो, पछि हट्ने र दोस्रो, युद्धको तयार हुन ।

चीनले डोकलम क्षेत्रमा अत्याधुनिक हतियारसहितको जनमुक्ति सेना तिब्बततर्फ पठाईसकेको छ । चीनले उक्त भूमी आफ्नो रहेको बताउँदै त्यो क्षेत्रमा सडक विस्तार गरिरहेको छ । उक्त क्षेत्र भारतको होइन ।

भुटानको आग्रहमा भारतले चीनसँग विवाद गरिरहेको हो । तनाव क्षेत्रमा जान लागेको गोर्खा सैनिकहरुले आदेशको भारमा चीनसँग नलड्ने बताएको भारतका केही संचारमाध्यमहरुले समाचार लेखेका छन् ।

सरकारले आदेश गरेकाले आफूहरु त्यसतर्फ जान लागेको भन्दै एक गोर्खा सैनिकका कमाण्डरले आफूहरु त्यहाँको अवस्था बुझेर मात्र निर्णय गर्ने बताए । आफूहरु चीनसँग लड्न नभएर समन्वय गर्न जान लागेको उनले बताएका छन् ।

“हामी विवादित क्षेत्रमा जाँदैछौं, सरकारले लड् भन्दैमा हामी चीनसँग लड्ने पक्षमा छैनौं” एक कमाण्डरले भने ।

Loading...