वाम गठबन्धनका काजीलार्इ पछाडि पार्दै बाबुराम भट्टरार्इ अघि

गोरखा, २१ मंसिर । गोरखा क्षेत्र नम्बर २ मा मतगणना जारी रहेको छ । प्रारम्भिक मतगणनाअनुसार बाबुराम भट्टराईले अग्रता लिएका छन् ।

एक मतगणना प्रतिनिधिका अनुसार हालसम्म ५६ मत गन्दा बाबुराम भट्टराईले ४० मत ल्याएका छन् भने नारायणकाजी श्रेष्ठ प्रकाशले १६ मत ल्याएका छन् । गोरखा–२ को नतिजालाई निकै चासोपूर्वक हेरिएको छ ।

यसैबीच जाजरकोटमा कांग्रेसले अग्रता लिएको छ । ६१३ मत गन्दा नेपाली कांग्रेसले ४३४ मत ल्याएको छ ।

उता जाजरकोटमा प्रतिनिधिसभा सदस्यको पनि प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ। प्रारम्भिक विवरण अनुसार माओवादी केन्द्रका शक्ति बस्नेतले अग्रता लिएका छन्।

बस्नेतले ६१३ मत पाउँदा कांग्रेसका राजिबविक्रम शाहले ४३४ मत पाएका छन्। प्रदेशसभामा भने कांग्रेसले अग्रता लिएको छ। ७५१ मत गन्दा प्रदेशसभा सदस्यका कांग्रेस उम्मेदवार दीपकजंग शाहले ३५१ मत प्राप्त गरी अग्रता कायम गरेका छन्। उनलाई पछ्याइरहेका एमालेका करवीर शाहीले २८७ मत पाएका छन्।

नेकपा मालेले २६ र नयाँ शक्तिका उम्मेदवारले २ मत ल्याउँदा ८२ मत बदर भएको छ।

Loading...