कुलेखानी–हुमाने सडकमा करोडौ भ्रष्टाचार

पिच गरेको हप्तादिनमै खाल्डैखाल्डा । विश्व बैंकको १३ करोड ३८ लाख उपलब्धी विहिन

हेटौडा । गरिब नेपाली जनताले सडक पूर्वाधार विकासको उपभोग गर्न पाउन् भनेर विश्व बैंकको अनुदान सहयोगमा स्तरोन्नती गरिएको कुलेखानी–हुमानेभन्ज्याङ सडकमा अनियमितता र भ्रष्टाचार भएको फेला परेकोछ । सडक पिच गरी तयार गरेको हप्ता दिनभित्रैमा सडकमा सयौं खाल्डा पर्ने, पहिरो जाने हुनथालेपछि सडकमा अनियमितता र भ्रष्टाचारको रहस्य खुलेको हो ।

डिभिजन सडक कार्यालय मकवानपुरका एक इन्जिनियरले भने, ‘प्रतिकिलोमिटर ८६ लाख रुपैयाँको दरले स्तनोन्तती गरिएको सडक आयोजना पिच गरिएको भोलिपल्टैबाट खाल्डा पर्न सुरु गरेको र सडकमा समेत पहिरो जानु अनियमितताको कारण नै हो ।’ आफ्नो नाम उल्लेख नगर्ने शर्तमा ति इन्जिनियरले भने ‘विदेशी अनुदानको सडक कोही जिम्मा लिने निकाय नहुँदा ठेकेदारले लापरवाही गर्ने मौका पायो । डिभिजन सडक कार्यालयको कुनै हात नहुने भएकाले आफूहरुले अनुगमन गर्न नपाएको र धेरै गुनासो डिभिजन सडक कार्यालयमा आइरहेको छ ।’

गत शुक्रबार विहान ११ बजे महालक्ष्मी खोला नजिकै खाल्डो परेको सडकमा पिचमा अलकत्राका बाक्लोपना मापन गर्दा ५ एमएम मात्रै थियो । तर विश्व बैंकले उक्त सकड आयोजनाको लागि नियुक्त गरिएका कन्सल्टेन्ट इन्जिनियर मनोज खड्का भने ओटासिल पिच गरिएको सडकमा अलकत्राको मात्रा सिधा बाटोमा १६ एमएम र उकालो ओरालो बाटोमा ३२ एमएम बाक्लो हुनुपर्ने ठेक्का सम्झौतामा उल्लेख भएको बताएका छन् ।

उनले उक्त सडक आयोजनाको अनुगमन गर्ने जिम्मेवार निकाय समेत ठेकेदार आफै भएको र सडकमा विश्व बैंकले तोकेको मापदण्ड अनुसार हुनुपर्ने बताउँदै हेभी हुमाने सडकमा अनियमितता भएको स्वीकार गर्दछन् । खड्काले भने, ‘ओटासिल पिच भनेको पानी नपर्ने सिजनमा फागुन, चैत्र र बैशाख भित्रै गर्नुपर्ने पिच हो, असारमा गरिनु त्रुटीपूर्ण छ ।’

कुलेखानीको हेभीदेखि काठमाडौंको सिमाना हुमाने भन्ज्याङसम्म विभिन्न स्थानमा सडकमा पिच गरेपछि गाडी हिड्न थाले लगत्तै खाल्डो परेको स्थानीयबासीको बताएका छन् । साथै स्थानीयबासीले राम्रोसँग पिच बस्दै नबसेको कारण केही दिन सवारी चल्न निषेध गरेर ठेकेदारले रकम निकाशा गरेको समेत आरोप लगाएका छन् ।

विश्व बैंकको अनुदान रकम मकवानपुर जिल्ला विकास समितिमार्फत ठेक्कामा लगाइएको सडक आयोजना कागजमा निर्माण सम्पन्न भएको उल्लेख गरिए पनि सडकको अवस्था भने खासै भिन्नता देखिएको छैन । पिच गरिएको सडक एक हस्ताभित्रैमा सयौं स्थानमा खाल्डा खुल्डी परेका छन् भने पिचमा अलकत्राको मात्रा अत्यन्तै न्यून भएका कारण अधिकांश सडकमा राम्रोसँग अलकत्रा बस्न सकेको छैन ।

एक वर्षभन्दा बढि समय लगाएर स्तरोन्नती गरिएको कुलेखानीको हेभी देखि काठमाडौंको सीमानामा पर्ने हुमाने भन्ज्याङसम्मको १५.५ किमी सडक ओटासिल पिच सम्पन्न गएको हप्ता दिन भित्रैमा पिच उप्किएपछि स्थानीयबासीले सडकको नाममा ठूलो भ्रष्टाचार भएको र विश्व बैंकले दिएको अनुदान नेपाली जनताले उपभोग गर्न नपाएको भन्दै गुनासो गरेका छन् ।

जिल्ला विकास समिति मकवानपुरको प्राविधिक कार्यालयले ठेक्का लगाएको सडक आयोजना अमर एण्ड कुमार जेभीले संयुक्त रुपमा काम गरेको थियो । जिल्ला विकास समिति हाल जिल्ला समन्वय समितिमा परिणत भइसकेको आयोजना जिल्लामा कोही पनि बोल्न तयार छैनन् ।

जिल्ला समन्वय समिति मकवानपुरमा एलडिओ नारायण प्रसाद मैनाली छन् । सो आयोजनाको ठेकेदार मध्येका एक अमर कन्ट्रक्सनका सञ्चालक शिव चौलागाईले आफूले ठेक्का लिएर सडक निर्माण गरेको स्वीकार गरेपनि सकडको अवस्थाको बारेमा प्रश्न गरेपछि उत्तर नदिई पन्छिएका छन् ।

विश्व बैंकको सडक आयोजनामा ठूलो भ्रष्टाचार भएपछि स्थानीयबासी भने विश्व बैंकको शाखा कार्यालय देखि अन्य नियमनकारी निकायमा उजुरी दिने तयारी गरिरहेका छन् ।

याे पनि पढ्रनुहाेस

विकास वजेटमा भ्रष्टाचार गर्नेहरुमाथि कारवाही गर्ने नेकपाको निर्णय

 

Loading...