डिपोर्ट गरिएकी नेपाली किशोरीलार्इ फर्काए जर्मनीका विद्यार्थीले

जमर्नीको डुइसवर्गका अध्यागमन अधिकारीहरुले १५ वर्षीया विभसी रानालाई गत मेमा विद्यालयमा पढ्दापढ्दै गरेको अवस्थामा कक्षाकोठाबाटै जबर्जस्ती बाहिर निकालेर आफ्नो आमाबाबुसँग सोही दिन नेपाल डिपोर्ट गरेको थियो ।

जर्मनीमा जन्मिएकी नेपाली किशोरी र उनको आमाबाबुलाई डिपोर्ट गरेको घटनाले सो समूदायमा ठूलो आक्रोश पैदा गरेको थियो । उनीहरुले प्रदर्शन गर्दै त्यहाँको मेयर र स्थानीय सरकारलाई यसबारे आवश्यक कारवाही गर्न लबिङ शुरु गरेका थिए ।

प्रदर्शन तथा व्युरोक्राटिक दबाबपछि डिपोर्ट गरिएको दुई महिनापछि विभसीले ‘एक्सचेन्ज स्टुडेन्ट भिषा’ प्राप्त गरेकी छिन् जसले उनको आमाबाबुले पनि जर्मनी फर्कने बाटो खुलेको छ । अब विभसीले थप अध्ययनका लागि फलो अप भिसाका लागि आवदेन दिन पाउनेछिन् ।

‘यो विशेष मुद्दा हो यसलाई सामान्यकरण गर्न सकिँदैन,’ नर्थ राइन–वेस्टफालिया ९एनआरडब्लु० का इन्टिग्रेसन मिनिस्टर जोआचिम स्टामले भने, ‘यस निर्णयमा बालिकाको अधिकारमा ध्यान दिइएको थियो । विभसी जर्मनीमा जन्मिएर यहीँ नै हुर्किएकी थिइन्, त्यही भएर उनी ‘डि फ्याक्टो’ जर्मन नागरिक हुन् ।’

विभसीका आमाबाबु सन् १९९८ मा जर्मनीमा आएका थिए । तर, शरणका लागि उनीहरुको आवेदन पटक–पटक अस्वीकार गरिएको थियो । त्यही भएर कानुनीरुपमा डिर्पोेटेसन सही थियो ।

कानुनी हुँदाहुँदै पनि विभसी पढ्ने विद्यालयका विद्यार्थी, विद्यालयका प्रतिनिधि, डुइसवर्गका मेयर सोरेन लिंक र मन्त्रि र एनआरडब्लुको पिटेसन कमिटीले जर्मनीको विदेश मन्त्रालयलाई यो अनुचित डिपोर्टेसनलाई सच्याउन दबाब दिएका थिए ।

मेयर लिंकका अनुसार स्कूलका विद्यार्थीहरुले गरेको प्रदर्शनले निर्णय सच्याउनमा ठूलो मद्दत गरेको डिडब्लु डटकमले जनाएको छ ।

उनले जर्मन सरकारले अब यस्ता अनुचित देश निकाला रोक्न नयाँ कानुन ल्याउनुपर्नेमा जोड दिए ।

Loading...