गर्मीको चरम जोखिममा रहेका जिल्ला

प्रकाश रेग्मी

जसरी ९९ डिग्री सेल्सियसमा पानी उम्लँदैन तर ९९ डिग्री सेल्सियस तापक्रमको पानीमा १ डिग्री सेल्सियस मात्र अतिरिक्त ताप थप्दा पानी उम्लन्छ। अर्थात् १ डिग्री सेल्सियसको परिवर्तनले पानीको गुण र स्वरुपमा ठूलो परिवर्तन गर्दछ। ठिक वायुमण्डलमा पनि यस्तै परिवर्तन हुन्छ। परिचय अप्रिल १५, २०२५ को सिएनएनको अनलाइन पोर्टलको समाचरमा ‘भारत र पाकिस्तानमा बढेको चरम गर्मीको लहरले […]

कर्णालीको खेल प्रतिभा खोज्ने प्रतियोगिता मुड्केचुलामा सम्पन्न, यस्तो छ नतिजा

दीर्घबहादुर शाही, डोल्पा । मुड्केचुला गाउँपालिकाले कर्णालीको विकट क्षेत्रमा लुकेको खेलकुद प्रतिभालाई उजागर गर्ने उद्देश्यसहित आयोजना गरेको अध्यक्ष कप खेलकुद प्रतियोगिता- २०८२ भव्यताका साथ सम्पन्न भएको छ। प्रतियोगिताले केवल प्रतिस्पर्धा मात्र होइन, सम्भावनाको उज्यालो सन्देश पनि बोकेको छ। समापन समारोहमा प्रमुख अतिथि तथा मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्त बहादुर शाहीले खेलकुदलाई अनुशासन, मितव्ययिता र लुकेको कला […]

प्रधानमन्त्रीले गरे देउवा र प्रचण्डसंग परामर्श, के भयो कुरा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन राजनीतिक दलका शीर्ष नेताहरुबीच समसामयिक राजनीति र संक्रमणकालीन न्यायको विषयमा भेटवार्ता भएको छ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता साझेदार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ संग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री […]

राप्रपालाई सरकारको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भोलि वैशाख ७ गते तोकेको विरोध कार्यक्रमबारे सार्वजनिक समाचार र अभिव्यक्तिप्रति गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै संविधान र कानूनको उल्लंघन हुने तथा समाजमा अशान्ति फैलाउने किसिमका कुनै पनि गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ। मन्त्रालयले कानून विपरीत हुने कुनै पनि […]

पत्रकारद्वय पौडेल र आचार्यलाई कानुन पत्रकारिता पुरस्कार

काठमाडौ । पत्रकार किरण पौडेल र सुदर्शन आचार्य कानुन पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । शनिबार आयोजित समारोहमा नेपाल बार एसोसियसनले पत्रकार पौडेल र आचार्यलाई नगद र कदर पत्र सहित पुरस्कृत गरेको हो । नेपाल बार एसोसियसनको वार्षिक साधारण सभा तथा नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण कार्यक्रमकाबीच उनीहरु पुरस्कृत भएका हुन् । वरिष्ठतम वरिष्ठ अधिवक्ता कृष्ण […]

चराको गुँड बनाउन सहयोग गर्दै मध्यपुर थिमि नगरपालिका

भक्तपुर । आधुनिक भवन निर्माणसंगै चराचुरुङ्गीको बासस्थान घट्दै गएकोप्रति मध्यपुर थिमि नगरपालिकाको ध्यानाकर्षण भएको छ । नगरपालिकाले चरा संरक्षणका लागि चरामैत्री बासस्थान अर्थात् उनीहरूका लागि गुँड बनाइदिन शुरु गरेको हो । चरा संरक्षण अभियानका अभियन्ता बाबुकाजी श्रेष्ठ लगायतको पहलमा नगरपालिकाले चराको लागि बासस्थान बनाउन सहयोग गरेको नगर प्रमुखका स्वकीय सचिव पवन सिबन्जा श्रेष्ठले बताएका हुन् […]

बुटवलमा युवतीमाथि गोली प्रहार

बुटवल । बुटवल उपमहानगरपालिका -११, बुद्धनगरमा एक युवतीमाथि गोली प्रहार भएको छ । गोली लागेर उनी गम्भीर घाईते भएकी छन् । पाल्पा रैनादेवी छहरा घर भई बुटवल बुद्धनगरमा बस्दै आएकी युवती टिका बिष्ट क्षेत्रीलाई गोली लागेको प्रहरीले पुष्टि गरेको छ । उनको कम्मर माथि ढाडमा गोली लागेको प्रहरीले जनाएको छ।  घाईते युवतीको लुम्बिनी प्रादेशिक अस्पतालमा […]

हस्तकला उत्पादक संघको नेराकस अध्यक्षमा श्रेष्ठ

काठमाडौ । नेपाल राष्ट्रिय कर्मचारी संगठन, हस्तकला उत्पादक संघको केन्द्रीय समितिमा सत्यराम श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । रविभवनमा सम्पन्न सातौं अधिवेशनले श्रेष्ठको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो । नेपाल राष्ट्रिय कर्मचारी संगठन सरकारी स्वायत्त संघका अध्यक्ष प्रकाश अवालेको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा विशिष्ठ अतिथि विष्णु कुमार श्रेष्ठ र अथिति निर्मला […]

भक्तपुरमा विद्यालय योगाभ्यास पाठ्यक्रम पूर्णता दिन बन्यो समिति, यसै वर्ष कार्यान्वयन हुने

भक्तपुर । देशकै सानो जिल्ला भक्तपुरले योग शिक्षाको क्षेत्रमा ठूलो योजना अघि सारेको छ । विद्यालयस्तरमै योगाभ्यास पाठ्यक्रम कार्यान्वयनमा ल्याउने भक्तपुर पहिलो जिल्ला बन्न लागेको हो । यसका लागि जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, जिल्ला आयुर्वेद कार्यालय, शिक्षक महासंघ र योग समन्वय समितिको संयुक्त प्रयासमा ९ सदस्यीय पाठ्यक्रम तयारी एवं कार्यान्वयन समिति […]

कटुन्जेमा ६० वर्षभन्दा माथिकालाई निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

भक्तपुर । सूर्यविनायक नगरपालिका–५, कटुन्जेमा ६० वर्षभन्दा माथिका नागरिकहरूलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। स्वास्थ्य शिविर वैशाख ८ गते, सोमबार बिहान ११ बजे देखि ३ बजेसम्म कटुन्जे स्वास्थ्य चौकीमा सञ्चालन हुने वडाध्यक्ष जोशीले जनाएका छन् । सूर्यविनायक नगरपालिका वडा नम्बर ५ को आयोजनामा हुने सो शिविरमा भिडियो एक्स–रे मार्फत पेटको परीक्षण […]