काठमाडौ, ९ असार । चर्चित लोकभाका ‘गलबन्दी च्यातियो तिमीले तानेर आफ्नो गीतबाट प्रकाश सपूतले चोरेर बनाएको आरोप लगाएर यतिबेला वरिष्ठ लोकगायक शम्भु राईले मुद्दा दर्ता गरेका छन्। लोकभाकामा आफ्ना कपी राइट हुने दाबी गरिरहेका बेला उनै शम्भु राईविरुद्ध साइबर क्राइममा मुद्दा चलाउन एकजना सांसदले माग गरेका छन्। नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले नेपालको मौलिक लोकभाकामा […]
Author: Nonstop Khabar
स्थानीय तहमा कर्मचारी पदपूर्तिका लागि ‘लोक सेवाको विज्ञापन कानुनसम्मत’
काठमाडौँ, ९ असार । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहमा कर्मचारी पदपूर्तिका लागि लोक सेवा आयोगले गरेको विज्ञापन संविधानसम्मत रहेको बताएका छन। मन्त्री पण्डितले संविधान र प्रचलित कानुनबमोजिम गरिएको विज्ञापनका प्रक्रियामा लोक सेवा आयोगले निष्पक्षतासाथ काम गरिरहेको सरकारको विश्वास लावी समेत गरेका छन। प्रतिनिधिसभामा विनियोजन विधेयकको मन्त्रालयगत शीर्षकको छलफलका क्रममा सांसदले उठाएका […]
विप्लवका सर्लाही इन्चार्जको मृत्युबारे गृहमन्त्रीले खोले मुख, संसदीय समितिमा बादलले दिए बयान
काठमाडौं । सांसदहरुले जवाफ माग गरेपछि गृहमन्त्री रामबहादुर थापा बादलले सर्लाहीमा प्रहरीको जवाफी कारवाहीमा विप्लवका सर्लाही इन्चार्ज मारिएका जिकिर गरेका छन् । नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले प्रहरीमाथि गोली प्रहार गरेपछि जवाफी कारवाहीमा पार्टीका जिल्ला इन्चार्ज कुमार पौडेलको ज्यान गएको उनले जिकिर गरे । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा आइतवार पुर्व […]
पोखरा महानगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि ’लेक टु लेक, केभ टु केभ,’ नमुना मार्ग रुपमा अगाडि बढाउदै
पोखरा, ९ असार । पोखरा महानगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि नमुना मार्ग निर्माण गर्ने भएको छ। महानगरले आइतबार आफ्नो नीति तथा कार्यक्रम घोषणा गर्दै तालै ताल र गुफाको शहर पोखरामा नमुना मार्ग बनाउने बताएको हो। ‘लेक टु लेक, केभ टु केभ’ जोड्ने सडकको प्राविधिक सर्वेक्षण गरी नमुना मार्गको रुपमा अगाडि बढाइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ। […]
दक्षिणतर्फ सीमामा भारतले बाँधजस्तो सडक बनाएका कारण बाँकेका अधिकांश गाउँ डुबानमा
बाँके ९ असार । बाँकेको सीमावर्ती ग्रामीण क्षेत्रमा भारतले बनाएको अग्लो सडकका कारण नरैनापुरमा सयौँ नेपालीका घर डुबानमा परेका छन्। दक्षिणतर्फ सीमामा भारतले बाँधजस्तो सडक बनाएका कारण पानीको सहज निकास नहुँदा सीमावर्ती अधिकांश गाउँ डुबानमा परेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए। बनियाँ गाउँ, महतनियाँ, मझेरटी, मियाँपुर्वा, घोरदौरिया, महादेवनगर, कोटिहा, बहावपुर्वा, रोशनपुर्वालगायतका गाउँका अधिकांश घर […]
अमेरिकाले ‘इरानी अस्त्र प्रणालीमा साइबर हमला गरेको’ आरोप
राष्ट्रपति डोनल्ड ट्रम्पले हवाई आक्रमण गर्ने निर्णय फिर्ता लिएलगत्तै अमेरिकाले बिहीवार इरानी अस्त्र प्रणालीमा साइबर हमला गरेको अमेरिकाबाट प्रकाशित समाचारमा जनाइएको छ। अमेरिकी साइबर हमलाले इरानी रकेट तथा क्षेप्यास्त्र नियन्त्रण गर्ने कम्प्युटर प्रणालीलाई निसाना बनाएर तिनलाई विफल तुल्याइदिएको वाशिङ्टन पोस्ट पत्रिकाले जनाएको छ। अमेरिकी ड्रोनलाई गोली हानी खसाल्ने र अमेरिकी भनाइमा खाडीको जलक्षेत्रमा तेल ट्याङ्कहरूलाई […]
जनप्रतिनिधिले नै गरे नगरपालिकाको कार्यालयमा तोडफोड
महोत्तरी । जनप्रतिनिधिले नै नगरपालिकाको कार्यालयमा तोडफोड गरेका छन । गए राति औरही नगरपालिकाको कार्यालयमा तोडफोड भएको हो । उपप्रमुख रेणु झाको नेतृत्वमा गएको एक टोलीले नगरपालिकाको कार्यालयमा रहेको योजना शाखा तथा प्रशासन फाँटमा आक्रमण गरेपछि कम्प्युटर, स्क्यान मेसिन, प्रिन्टर लगायतका सामान फुटेका छन । । इलाका प्रहरी कार्यालय गौशालाले दिएको जानकारी अनुसार शनिबार साँझको […]
क्राइम रिपोर्टरमाथि गोली प्रहार
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमै एक पत्रकार माथि गोली प्रहार भएको छ । क्राइम रिपोर्टर महिला पत्रकार मिताली चंदोलामाथि गोली प्रहार भएको हो । भारतीय अनलाइन अमर उजालाका अनुसार धर्मशीला क्यान्सर अस्पतालको नजिक उनीमाथि शनिवार राती १२ः३० बजे गोली प्रहार भएको थियो । प्रहरीले उनलाई नजिकैको धर्मशीला अस्पतालमा उपचारका लागि लगेको थियो । […]
भिडन्तमा कुमारको ज्यान नगएको पूर्व गृहमन्त्रीको कडा टिप्पणी : सोमवार गृहमन्त्रीले जवाफ दिने
विप्लवका सर्लाही इन्चार्ज कुमार पौडेलबारे सत्तारुढ दल नेकपाका प्रभावशाली नेता एवं पूर्व गृह मन्त्री समेत रहेका सांसद जनार्दन शर्मा प्रभाकरले गृहमन्त्रीसंग जवाफ मागेका छन । प्रहरीसंगको भिडन्तमा पौडेलको ज्यान गएको कुरा पत्याउन नसकिने भन्दै उनले गृहमन्त्री रामबहादुर थापा बादलको जवाफ माग गरेका हुन् । आइतबार राज्य व्यवस्था तथा सुशासन समितिमा आफ्नो धारणा राख्दै पूर्वमन्त्री समेत […]
उपत्यकासहित देशभर भारी वर्षाको सम्भावना,
काठमाडौं ८ असार । आज उपत्यकासहित देशभरको मौसममा बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशैभर पानी पर्ने र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । आज आइतबार खासगरी मध्ये र पश्चिमका केही स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन् । यो क्रम […]











