कांग्रेस नेता कोइरालाले स्थापना गरेको बृद्धाश्रमलाई सरकारले नमुना बनाउने

सर्लाही । प्रदेश नम्बर दुईका सामाजिक विकाश मन्त्री नवलकिशोर साहले सर्लाहीको पद्म भुवनेश्वरी बृद्धाश्रमलाई प्रदेश दुईकै नमुना बनाउने बताएका छन् । नेपाली कांग्रेसको जिउदो इतिहासका रुपमा रहेका नेता बासुदेवशरण कोइरालाले स्थापना गरेको बृद्धाश्रमलाई मन्त्री साहले नमुना बनाउने बताएका हुन् । सर्लाहीको लालबन्दी -२ जुटपानीमा रहेको पद्म भुवनेश्वरी बृदाश्रमको मंगलवार नवनिर्मित भवन सिलन्यास गर्दै  उनले उक्त […]

सय रुपैयाँको अस्पतालमा २७ वर्षीय युवतीको शव फेला, अवस्था तनावग्रस्त

काठमाडौं । बौद्धस्थित समता अस्पतालमा मंगलवार एक युवतीको शव फेला परेको छ । झुण्डिएको अवस्थामा उक्त शव फेला परेको हो । सय रुपैयाँमा उपचार गरिने भनेर चर्चामा आएको समता अस्पतालमा कर्मचारीकै झुन्डिएर ज्यान गएको बताइएको छ । सोही अस्पतालमा सरसफाई काम गर्ने अन्दाजी २७ वर्षीया युवतीको शव झुन्डिएको अवस्थामा फेला परेको एक स्थानीयले जानकारी गराए […]

साउनदेखि जन्मने प्रत्येक छोरीलाई मासिक पैसा दिने तुलसीपुरको तयारी

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले प्रत्येक छोरीलाई मासिक रु १सयका दरले दिने नयाँ कार्यक्रम ल्याएको छ । साउनदेखि नगर भित्र जन्मेका प्रत्येक छोरीले उक्त रकम पाउने भएका छन । आर्थिक वर्षदेखि लागू हुने ‘स्मार्ट छोरी, बिहेवारी बीस वर्ष पारी’ कार्यक्रम अन्तर्गत उक्त योजना ल्याइएको हो । यस अन्तर्गत प्रत्येक छोरीलाई जन्मेको दिनदेखि मासिक रु १सयका […]

प्रधान सम्पादक चलाउनेलाई पितृ शोक

काठमाडौं, ३ असार । ननस्टपखबर डट कमका प्रधान सम्पादक प्रभात चलाउनेलाई पितृ शोक परेको छ । क्रान्तिकारी पत्रकार संगठन नेपालका संस्थापक अध्यक्ष तथा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय सचिव समेत रहेका प्रधान सम्पादक चलाउनेका पिता मर्दवीर चलाउनेको सोमबार दिउसो ३ बजेको समयमा निधन भएको हो । जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका-६ नायकवाडा घर भएका मर्दवीरको ७० […]

शिक्षक लाइसेन्सको विज्ञापन यसै साता, अनलाइन आवेदन र मेसिनबाटै कपी परिक्षण

भक्तपुर, २ असार । शिक्षक सेवा आयोगले यसै साताभित्र शिक्षण अनुमति पत्र शिक्षक लाइसेन्सको परीक्षाका लागि विज्ञापन खुलाउने भएको छ । विज्ञापनका लागि सबै तयारी सकिएको आयोगले जनाएको छ । वैशाखकै पहिलो साता विज्ञापन गर्ने आयोगको तयारी थियो । तर, अनलाइनबाटै फारम भर्ने व्यवस्थाका लागि परीक्षण गरिरहेको आयोगले प्राविधिक कठिनाई देखा परेपछि अहिलेसम्म विज्ञापन गर्न […]

यस वर्षको एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने

काठमाडौ, २ असार । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइईको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक भएको छ । देशभरका उत्तरपुस्तिका परीक्षण सम्पन्न गरेर नम्बर इन्ट्रीको काम भइरहेको जानकारी दिँदै बोर्डका परीक्षा उपनियन्त्रक चेतनाथ शर्माले ढिलोमा असार दोस्रो सातासम्ममा नतिजा सार्वजनिक गर्ने लक्ष्य लिइएको जनाएका छन् । यस वर्ष गत चैत १० […]

हङ्‌कङ प्रदर्शन: सुपुर्दगी विधेयकको विरोध रोकिएन, नेत्री क्यारी लामको राजीनामा माग

अभियुक्तहरूलाई सुपुर्दगीका लागि चिनियाँ मुख्य भूभाग पठाउन सक्ने व्यवस्था गरिएको विधेयक स्थगित गर्ने घोषणा गरिएको भए पनि प्रदर्शनकारीहरूले हङ्‌कङमा सडक कब्जा गरिरहेका छन्। विधेयकको विरोधमा आइतवार झन्डै २० लाख मानिसहरू प्रदर्शनमा सहभागी भएको आयोजकहरूले दाबी गरेका छन्। पुष्टि भएमा त्यो हङ्‌कङको इतिहासकै सबैभन्दा ठूलो प्रदर्शन हुनेछ। तर प्रहरीका अनुसार आइतवारको प्रदर्शनमा झन्डै साढे तीन लाख […]

वडाध्यक्ष नै बेहोस भएपछि हरिवनका सबै विद्यालयमा बिदा, लालबन्दी र बागमतीमा पनि बिदा

सर्लाही, १ असार । केहिदिन यता देशभर नै तापक्रम बढ्दा जनजीवन प्रभावित बनेको छ । अत्याधिक चर्को घाम र तातो हावाको कारण सर्लाही सहित तराईको जन जीवन अझ कष्टकर बनेको छ । यसैबिच अत्याधिक गर्मीका कारण हरिवन नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष शेखमेहबुब रेजा बेहोस भएपछि उपचारको लागि विरगंज पुर्याइएको छ । वडाको […]

नेपालको ताजमहल पाल्पास्थित रानीमहलमा पर्यटकको आकर्षण

पाल्पा, १ असार । वि सं १९५० मा शिलान्यास भई चार वर्षमा दरबार मन्दिर पाटीपौवासहितको निर्माण कार्य पूरा भएको बौघागुम्बा गाउँपालिकामा अवस्थित रानीमहल दरबार रहेको छ । नेपालकै ताजमहलका रूपमा कालीगण्डकी नदीको उत्तरतर्फ हानिने मोडमा विशाल चट्टानमाथि पश्चिमी कलाशैलीमा रहेको रानीमहल दरबारको बायाँतर्फ शीत्तलपाटी दरबार परिसरमा फोहराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुईवटा पोखरी र दाहिनेतर्फ […]

गुठी विधेयक सच्याउने प्रधानमन्त्रीको संकेत,मौकामा चौका नहान्न आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको गुठी विधेयक सच्याउने  संकेत गरेका छन् । युरोप भ्रमण सकेर स्वदेश फर्केका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै  विधेयकमा केहि कमिकमजोरी भए सच्याइने बताएका हुन् । जनताको मन दुखाउने गरी सरकारले कुनै काम नगर्ने प्रधानमन्त्री ओलीले स्पष्ट पारे । गुठीले गरीबमाथि शोषण गरेको भएर गुठीलाई […]