सुर्खेत, २८ असार, । सुर्खेतमा दुइृ यात्रुवाहक बस एक आपसमा ठोक्किएका छन् । विपरित दिशाबाट आएका दुई बस एकापसमा ठोक्किदा ३४ जना यात्रु घाइते भएका छन् । घटना शुक्रबार साँझको हो । साँझपख एउटा बस सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको थियो भने अर्को बस बुटवलबाट सुर्खेत आउँदै गरेको थियो । यसरी विपरित दिशाबाट आएका बस सुर्खेतको […]
Author: Nonstop Khabar
रौतहट डुवाउने भारतीय बाँध बाढीले आफै भत्कायो, नेपाली भूभागमा पानी घट्दै भारतीय वस्तीहरुमा आतङ्क सुरु
रौतहट, २८ असार । भारतको बैरगनीया र गौर जोड्ने सीमामा रहेको बाँध बाढीले आफै भत्काएको छ । बाढीले बाँध भत्काएपछि अहिले सदरमुकाम गौरसहित जिल्लाका अन्य ठाउँमा जमेको पानीको सतह घटन थालेको छ । सदरमुकाम गाैरदेखि तीन किलोमीटर पूर्व राजदेवी नगरपालिकाको बेलबिछवा टोल नजिक नेपाल भारत सीमाक्षेत्रको मुसाचक नजिक भारतले एकतर्फी बनाएको बाँध पानीको बेगले आफै […]
जनकपुर पूरै डुबानमा, बाढीले भत्कायो निर्माणाधीन पुल
जनकपुर, २८ असार । अविरल वर्षाका कारण बढेकाे बाढीले धनुषामा निर्माणाधीन एउटा पुल भत्किएको छ। जिल्लाकाे क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगर र शान्तिपुर जोड्ने औरही खोलाको निर्माणाधीन पुल भत्किएको हो। विगत ६ वर्षदेखि निर्माण थालिए पनि अहिलेसम्म पूरा नभएकाे पुल शुक्रबार राति भत्किएकाे स्थानीयले बताएका छन् । उक्त पुल रोशन कन्ट्रक्सनले बनाइरहेकाे थियाे । स्थानीयले समयमा काम […]
भारतीय बाँधका कारण रौतहट पूरै डुबानमा, प्रहरी आफै उद्धारको पर्खाइमा
रौतहट, २८ असार । भारको बैरगनीया र रौतहटको गौरबीच रहेको रहेको बाँधका कारण रौतहट पूरै डुवानमा परेको छ । भारतले बनाएको उक्त बाँधका पानी थुन्ने ढोकाहरु भारतीय पक्षले नखोलिँदा रौतहट सदरमुकाम गौरका बस्ती पूरै डुवानमा परेका हुन् । भारतीय पक्षले बाँधका पानी थुन्ने ढोका खोल्नुको सट्टा अझै बाँधको सुरक्षामा लागेपछि भारतप्रति सामाजिक सञ्जालमा ठूलो आक्रोश […]
सप्तकोसीको पानीले खतराको तह पार ग¥यो, आसपासका वासिन्दालाई सचेत रहन चेतावनी
काठमाडौं, २८ असार । सप्तकोसी नदीमा आएको बाढीले खतरा तह पार गरेपछि सरकारले त्यस क्षेत्र आसपासका वासिन्दालाई सचेत रहन चेतावनी दिएको छ । मौसमविज्ञान विभागअन्तर्गतको बाढी सूचना केन्द्रले स्थानीय प्रशासनको समन्वयमा कोसीको तटबन्ध र ब्यारेजको नियमित अनुगमन जरुरी रहेको जनाएको छ । सप्तकोसीमा बाढीको बहाव २ लाख २८ हजार २०५ क्यूसेक मापन गरिएको छ । […]
जन्मने बित्तिकैको शिशु अस्पतालबाटै चोरि
पाल्पा, २८ असार । तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेजबाट जन्मने बित्तिकैको नवजात शिसु चोरि भएको छ। तानसेन नगरपालिका ९ की २२ वर्षीया जमुना रानाले जन्माएको शिशु हराएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । शुक्रबार बिहान ११ बजे रानाले जन्माएको छोरा दिउँसो ३ बजे तिर हराएको प्रहरीको भनाइ छ । उक्त शिशुको खोजि भैरहेको प्रहरी […]
कालिगण्डकीले सडक कटान गरेपछि बेनी–जोमसोममा आवागमन बन्द
पाेखरा, २७ असार । कालीगण्डकी नदीको बाढीले सडक कटान गरेपछि बेनी–जोमसोम सडक अवरुद्ध भएको छ। म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे भिरमा कालीगण्डकीले करीब १० मिटर सडक कटान गरेपछि ७६ किलोमिटर लामो बेनी–जोमसोम सडक अवरुद्ध भएको हो। बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनका अनुसार सडक अवरुद्ध हुँदा बेनी र जोमसोमका लागि गुडेका सवारीसाधन बीच बाटोमै […]
उत्कृष्ट नायक नायिका बनेर स्वस्तिमा र बिपिन राष्ट्रिय चलचित्र पुरस्कार– २०७५ बाट पुरस्कृत
काठमाडौँ, २७ असार । चर्चित नायिका स्वस्तिमा खड्काले ‘राष्ट्रिय चलचित्र पुरस्कार– २०७५’ मा उत्कृष्ट नायिकाकाे पुरस्कार प्राप्त गरेकी छन् । त्यसैगरी नायक बिपिन कार्कीले उत्कृष्ट नायककाे उपाधि हात पारेका छन । स्वस्तिमा चलचित्र बुलबुलबाट र विपिन चलचित्र प्रसादबाट उत्कृष्ट नायक घाेषित भएका हुन् । यस्तै ‘चलचित्र दीर्घ साधना सम्मान’ बाट निर्देशक तुलसी घिमिरेलाई सम्मान गरिएको […]
पुष्पल र बेनिशा भए २०७४ का उत्कृष्ट नायक नायिका
काठमाडौँ, २७ असार । २०७४ सालमा उत्कृष्ट नायक नायिकाको पुरस्कार पुष्पल खड्का र बेनिशा हमालले जितेका छन्। पुष्पलले चलचित्र ‘मंगलम’ र बेनिशाले चलचित्र ‘ब्लाइन्ड रक्स’का तर्फबाट यो पुरस्कार जितेका हुन्। यस्तै यो वर्ष अन्य विधामाहरु समेत पुरस्कार र सम्मान प्रदान गरिएको छ। जसको विवर यस प्रकार छ। उत्कृष्ट सम्पादन – ‘मंगलम’ बाट मित्रदेव गुरुङ उत्कृष्ट […]
अचानक बाढी आएपछि धुँदै गरेको बस बगायो
दाङ, २७ असार । दाङको एक खोलामा धुन लगिएको बस खोलाले बगाएको छ । जिल्लाको ग्वार खोलामा बाढी आउदा घोराही र तुलसीपुर जोड्ने सडक अवरुद्ध भएको छ । शुक्रबार ग्वार खोलामा धुँदै गरेको एक बस अचानक बाढी आएपछि बाढीले बगाएको छ। बस बगाए पनि उक्त बसका चालक र सह चालकलाई भने प्रहरीले सकुशल उद्दार गरेको […]










