जन्मने बित्तिकैको शिशु अस्पतालबाटै चोरि

पाल्पा, २८ असार । तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेजबाट जन्मने बित्तिकैको नवजात शिसु चोरि भएको छ।

तानसेन नगरपालिका ९ की २२ वर्षीया जमुना रानाले जन्माएको शिशु हराएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । शुक्रबार बिहान ११ बजे रानाले जन्माएको छोरा दिउँसो ३ बजे तिर हराएको प्रहरीको भनाइ छ ।

उक्त शिशुको खोजि भैरहेको प्रहरी ले जनाएको छ शिशु एक महिलाले चोरेको प्रमाण भेटेको प्रहरीले दाबि गरेको छ । शिशु चोर्ने महिला अस्पताल बाहिरको सिसिटिभीको फुटेजमा देखिएको बताइएको छ ।

कुर्ता सुरुवाल लगाएकी, अगाडि शिशु र पछाडि झोला बोकेकी महिलाले शिशु बोकेर अस्पतालबाट बाहिरिएको भिडियो प्रहरीले फेला पारेको जनाएको छ ।

अस्पतालको सिसिटिभी बिग्रिएको भएपनि सगै रहेको होटलको सिसिटिभीमा उक्त महिला कैद भएको प्रहरीले बताएको छ उक्त फुटेजको आधारमा बच्चाको खोजि भैरहेको प्रहरीले बताएको छ।

जमुनाकी आमा शिशुलाई लिएर क्यान्टिनमा ज्वानोको झोल लिन जाँदा शिशु हराएको हो । जमुनाकी आमाले ज्वानो झोल लिएर फर्किने क्रममा एक अपरिचित महिलाले ‘म ल्याइदिन्छु, तपाईँ हिँड्नुस्’ भन्दै शिशु लिएको र त्यहीँबाट शिशु लिएर भागेको प्रहरीले जनाएको छ ।

बच्चा लिने महिलाले कुर्ता सुरुवाल लगाएकी, अगाडि शिशु र पछाडि झोला बोकेर अस्पतालबाट भागेको बताइएको छ ।उक्त महिला र नवजात शिशुको व्यापक खोजि भैरहेको प्रहरीले जानकारी दिएको छ ।

Loading...