कालिगण्डकीले सडक कटान गरेपछि बेनी–जोमसोममा आवागमन बन्द

पाेखरा, २७ असार । कालीगण्डकी नदीको बाढीले सडक कटान गरेपछि बेनी–जोमसोम सडक अवरुद्ध भएको छ। म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे भिरमा कालीगण्डकीले करीब १० मिटर सडक कटान गरेपछि ७६ किलोमिटर लामो बेनी–जोमसोम सडक अवरुद्ध भएको हो।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनका अनुसार सडक अवरुद्ध हुँदा बेनी र जोमसोमका लागि गुडेका सवारीसाधन बीच बाटोमै थन्किएका छन्।

यात्रु बाटोमै अलपत्र परेका छन्। ढुवानीसेवासमेत प्रभावित भएको छ। कालीगण्डकीको बहाव नघटेसम्म सडक मर्मत गर्न सम्भव छैन।

Loading...