उत्कृष्ट नायक नायिका बनेर स्वस्तिमा र बिपिन राष्ट्रिय चलचित्र पुरस्कार– २०७५ बाट पुरस्कृत

काठमाडौँ, २७ असार । चर्चित नायिका स्वस्तिमा खड्काले ‘राष्ट्रिय चलचित्र पुरस्कार– २०७५’ मा उत्कृष्ट नायिकाकाे पुरस्कार प्राप्त गरेकी छन् । त्यसैगरी नायक बिपिन कार्कीले उत्कृष्ट नायककाे उपाधि हात पारेका छन । स्वस्तिमा चलचित्र बुलबुलबाट र विपिन चलचित्र प्रसादबाट उत्कृष्ट नायक घाेषित भएका हुन् ।

यस्तै ‘चलचित्र दीर्घ साधना सम्मान’ बाट निर्देशक तुलसी घिमिरेलाई सम्मान गरिएको छ। उनलाई नगद ३ लाख ५१ हजार अनि सम्मानपत्र सहित सम्मान गरिएको हो।

राष्ट्रिय चलचित्र पुरस्कार २०७५ ११ ओटा विधामा प्रदान गरिएको थियो। जसमा,

उत्कृष्ट चलचित्र – ‘गोपी’
उत्कृष्ट निर्देशक – ‘बुलबुल’ बाट बिनोद पौडेल
उत्कृष्ट सम्पादन – ‘साँइली’ बाट निमेष श्रेष्ठ
उत्कृष्ट छायांकन – ‘समर लभ’ बाट संजय लामा्
उत्कृष्ट लेखन – ‘गोपी’बाट दिपेन्द्र लामा
उत्कृष्ट पटकथा तथा संवाद – सामिप्यराज तिमिल्सिना
जुरी प्रोत्साहन सम्मान – ‘भोर’ बाट पूजा कर्ण
चलचित्रको व्यापार, विस्तार तथा प्रवद्र्धन सम्मान – ‘छक्का पन्जा ३’ निर्माण ब्यानर आमा सरस्वती मुभिज
उत्कृष्ट चलचित्र (आदिवासी, जनजाति, विभिन्न मातृभाषी) – रिजे नासाँ

विजेता चलचित्रकर्मीलाई नगद २१ हजार र ट्रफी प्रदान गरिएको छ । बिजेतालाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कार प्रदान गरेकी थिइन्। कार्यक्रम राष्ट्रपति भवन शित्तल निवासमा भएको थियो।

Loading...