‘छक्कापञ्‍जा-२’काे टाइटल गीत नै चोरी भएपछि दिपक र दिपाकाे कराेडाै डुब्ने खतरा

काठमाडौं, ७ साउन । कलाकार दिपकराज गिरी र दिपाश्री निरौलाको चलचित्र छक्कापञ्‍जाले राम्रो कमाइ गर्‍यो । कथा वस्तु काम नलाग्ने भएपनि टेलिभिजनमा देखिने अनुहारका कारण उक्त चलचित्रले राम्रो कमाइ गरेको कुरा जगजाहेर नै छ ।

छक्कापञ्जाबाट नसोचेको कमाइ गरेपछि हौसिएका यो सदावहार जोडीले ‘छक्कापञ्जा-२’ को तयारीमा छन् । तर यो पटक भने सुरुमै विवाद अाएको छ । टाइटल गीत नै चोरी गरेको खुसालासँगै ‘छक्कापञ्जा-२’ विवादमा परेको छ ।

‘ए दाजु नसमाउ नाडीमा हिलो लाग्ला नायलनको साडीमा’ बोलको गीत गन्दर्भ जातिको पुस्तैनी गीत हो । जुन गीतको संगीत कान्छामगर नेपालीले कम्पोज गरेका थिए । तर, विडम्बवना उक्त गीतको चलचित्र छक्कापञ्‍ज-२ ले चोरी गरेको छ । उक्त गीतमा अल्मोडा राना उप्रेतीले संगीत दिएको भनिएको छ ।

निर्माता गिरी र निर्देशन निरौलाकै योजनामा अल्मोडाका नाम राखेर उक्त गीत चलचित्रमा राखिएको छ । गीत चोरी गरेको भन्दै कान्छामगर नेपालीका परिवारजनले प्रतिलिपि अधिकार ऐन अन्तर्गत मुद्दा हाल्ने तयारी गरेका छन् ।

को हुन् कान्छामगर नेपाली ?
ख्याति प्राप्त लोक गायक रामशरण नेपालीका पिता, विश्वका प्रख्यात सारङ्गीवादक श्याम नेपालीका हजुबुवा र किरण नेपालीहरूका गुरु र मार्गदर्शक पनि हुन् कान्छामगर नेपाली । वि.सं १९७७ मा जन्मेका कान्छामगर २०६३ मा निधन भएको थियो । परिवारका अनुसार कान्छामगरले एक समय अल्मोडालाई पुरानो गीत र संगीत सुनाएका थिए ।

Loading...