पुष्पल र बेनिशा भए २०७४ का उत्कृष्ट नायक नायिका

काठमाडौँ, २७ असार । २०७४ सालमा उत्कृष्ट नायक नायिकाको पुरस्कार पुष्पल खड्का र बेनिशा हमालले जितेका छन्। पुष्पलले चलचित्र ‘मंगलम’ र बेनिशाले चलचित्र ‘ब्लाइन्ड रक्स’का तर्फबाट यो पुरस्कार जितेका हुन्।

यस्तै यो वर्ष अन्य विधामाहरु समेत पुरस्कार र सम्मान प्रदान गरिएको छ। जसको विवर यस प्रकार छ।

उत्कृष्ट सम्पादन – ‘मंगलम’ बाट मित्रदेव गुरुङ
उत्कृष्ट छायांकन – ‘कृ’बाट पुरुषोत्तम प्रधान
उत्कृष्ट लेखन – ‘धनपति’बाट खगेन्द्र लामिछाने
उत्कृष्ट निर्देशक – ‘ब्लाइन्ड रक्स’ बाट मिलन चाम्स
उत्कृष्ट आदिवासी, जनजाति, विभिन्न मातृभाषिको पुरस्कार – ‘टिन्छेन फामा’
उल्लेखनिय अभिनय राष्ट्रिय चलचित्र पुरस्कार महिला – ‘मंगलम’बाट मिथिला शर्मा
‘उल्लेखनिय अभिनय राष्ट्रिय चलचित्र पुरस्कार–पुरुष’ – ‘शत्रुगते’ बाट रमेश रञ्जन झा

यो विधाका सबै बिजेता कलाकारलाई नगद रु २१ हजार र ट्रफी प्रदान गरिएको छ।

यस्तै यो वर्षको ‘चलचित्र दीर्घ साधना सम्मान’ पुरस्कार निर्देशक किशोर रानामगरलाई प्रदान गरिएको थियो । उनलाई नगद ३ लाख ५१ हजार, सम्मापनत्र प्रदान गरिएको हो।

Loading...