अचानक बाढी आएपछि धुँदै गरेको बस बगायो

दाङ, २७ असार । दाङको एक खोलामा धुन लगिएको बस खोलाले बगाएको छ । जिल्लाको ग्वार खोलामा बाढी आउदा घोराही र तुलसीपुर जोड्ने सडक अवरुद्ध भएको छ ।

शुक्रबार ग्वार खोलामा धुँदै गरेको एक बस अचानक बाढी आएपछि बाढीले बगाएको छ। बस बगाए पनि उक्त बसका चालक र सह चालकलाई भने प्रहरीले सकुशल उद्दार गरेको छ ।

यसरी खोलाले बगाएको ना ४ ख ३५६५ नम्बरको बस हो । उक्त बसका चालक रमेश थापा र सहचालक निर्मल पुनलाई प्रहरीले सकुसल उद्दार गरेको हो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रेमबहादुर शाही, सशस्त्र प्रहरीका डिएसपी रोमबहादुर कार्कि लगायतको टिम खोलामा पुगेर चालक र सहचालकको उद्दार गरेको हो ।

उद्दारमा खटिएका डिएसपी शाहि खोलाको कचवेमा चिप्लिएर सामान्य घाइते भएका छन्। उनको टाउको र ढाडमा चोट लागेको छ।

Loading...