सैफ खान, करण जाेहर र वरुण धवनलाई कंगनाले हानिन झापड !

केही समयअघि न्युयोर्कमा सम्पन्न आइफा अवार्डमा बलिउड निर्देशक करण जोहर, अभिनेता सैफ अलि खान र वरुण धवनले नातावाद कृपावादको पक्ष पोषण गर्ने गरी कंगनालाई व्य‌ङ्ग्य गरेका थिए। उनीहरुले ‘क‌ंगना धेरै बोल्छिन्’ भनेर स्टेजबाटै मजाक उडाएका थिए। केही दिनसम्म मौन रहेकी कंगनाले आफ्नो मौनता तोडेकी छन्।

उनले यदि परिवारको जिनले मात्रै सबै कुरा तय गर्ने भए आफू किसानकी छोरी भएकोले अभिनेत्री नभएर किसानी गरिरहेकाे हुनुपर्ने जवाफ दिएकी छन् ।

नातावादको पक्षपोषण गरेको भन्दै सामाजिक सञ्जालमा व्यापक विरोध भएपछि करण र वरुणले सार्वजनिक रुपमा माफी मागे पनि सैफले भने कंगनालाई खुलापत्र लेखेर नातावादलाई सही साबित गर्न खोजेका थिए। तर कंगनाले यस्तो सोचलाई तेस्रो विश्वका देशका लागि निराशावादी सोच भएको टिप्पणी दिएकी छन्।

Loading...