जाजरकोटमा भीषण पहिरो, १२ वेपत्ता, दुई घरमा रहेका सबै पहिरोमा परे

जाजरकोट, २६ असार । जाजरकोटको बारेकोट गाउँपालिकामा गएराति गएको पहिरोमा परी १२ जना वेपत्ता भएका छन् । पहिरोमा परी वेपत्ता हुनेमा २ परिवारका चार-चार जना सदस्य र ती घरमा बसेका पाहुना समेत रहेका छन् ।

बारेकोट गाउँपालिका वार्ड नं. ४ जिरीको सार्कीटोलमा उक्त पहिराे गएकाे हाे । पहिरोमा एक जनाको शव देखिएको स्थानीयले जानकारी दिएका छन् । ४ नम्बर वडापालिकाको कार्यालय नजिकै गएको पहिरोले आधा दर्जन घर बगाएको छ । स्थानीयवासीका अनुसार २ वटा घर पूरै बगेका छन् भने ३ वटा घर आधा बगेका छन् ।

पहिरोमा परेर ५२ वर्षीय गोपाल सार्की, उनकी श्रीमती ५० वर्षीय पुष््पा सार्की, १३ वर्षकी छोरी लक्ष्मी सार्की र ११ वर्षका छोरा अर्जुन सार्की रहेका छन् । त्यसैगरी कलु सार्की, उनकी १४ वर्षीय छोरी तिर्खा सार्की, ११ वर्षकी छोरा कमला सार्की, ६ वर्षका छोरा सुभास सार्कीको वेपत्ता छन् । पहिरोमा परेर वेपत्ता भएकी कलु सार्कीका भाई २० वर्षीय डिल्ली सार्की पनि वेपत्ता भएका छन् । कुशे गाउँपालिका वार्ड नं. ९ चौताराका डिल्ली दिदी कलुको घरमा गएका बेला पहिरोमा परेका हुन् । त्यसैगरी सार्की टोलकै १४ वर्षीय गौरी सार्की, १६ वर्षीय कविता सार्की, १८ वर्षीय बिरेन्द्र सार्की पनि पहिरोमा परेर वेपत्ता भएका छन् ।
पहिरो गएको स्थान दुर्गम स्थानमा भएकोले उद्धार कार्य अहिलेसम्म हुन सकेको छैन । जिल्ला प्रशासन कार्यालय जाजरकोटले उद्धारका लागि प्रहरीको टोली पठाइएको जनाएको छ ।

Loading...